सेयर बजारमा डरलाग्दो खेल, क्रयासकै अबस्था ल्याउन योजनाबद्ध संगठित प्रयास भएको आभाष

Nov 27, 2016 merolagani



सेयर बजारमा आईतबार कारोबार खुलेको ४७ मिनेटमा समग्र बजार तीन प्रतिशत अर्थात साढे ४६ अंकले घटेपछि सर्किट ब्रेक लाग्यो र १५ मिनेटका लागि सेयर कारोबार स्थगित भयो । त्यसपछि खुलेको बजार फेरि क्रमशःघट्दै गएर ५५ अंकसम्मले घट्यो र फेरि सुधारिएर आई १९ अंकसम्मले मात्र घट्यो र फेरि घट्ने क्रम बढ्दै गएर कारोबार बन्द हुने बेलामा साढे ६४ अंकसम्मले बजार गिरेर बन्द भयो । लगातार बजारमा डरलाग्दो अबस्था आउने र क्र्यासकै अबस्थामा पुर्याउने गंभीर खालको भित्री खेल रहेको आशंका बढेको छ । 

साधारण लगानीकर्ताको बलबुत्ताले मात्रै यो अबस्था ल्याउन संभवै नभएको जानकारहरु बताउँछन् । 

लगानीकर्ताहरुले सेयर किन्न खोज्दा अझै बजार घट्छ भन्दै किन्न निरुत्साहित गर्ने र बेच्न खोज्दा सेयर बजार अब बढ्छ भन्दै लगानीकर्तालाई रोकेर अत्याँसको स्थितिमा पुर्याउने गंभीर खेल भएको छ ।

खासगरी संस्थागत र क्रस होल्डिड. गरेका लगानीकर्ताहरुको चलखेलले आईतबारको बजारलाई दयनीय अबस्थामा पुर्याएको बताईन्छ । कारोबार सुरु भएको पहिलो ४७ मिनेटमा धेरै कित्ता सेयर कारोबार नहुँदै तीन प्रतिशतले बजार झार्ने र सर्किट लगाउने गरी काम भएको देखिएको छ । लगातारको गिरावटबाट आत्तिएका लगानीकर्ताको झन् मनोबल खस्काउँदै अब सबै सकियो भन्ने त्रासको अबस्था सिर्जना गरिएको छ । 

बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से ६४.५५ अंकले झरेर १४६९.४८ विन्दुमा पुगेको छ । आइतबार नेप्से अघिल्लो करोबारको तुलनामा ४.२१ प्रतिशतले झरेको छ । कारोबारमा आएका सबै समूहमा उच्च गिरावट आएपछि बजार ओरालो लागेको हो । कारोबार खुलेको ४७ मिनेट पुग्दा नपुग्दै बजार तीन प्रतिशतले झरेपछि सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजार केही समालिएर फर्कन खोजेपनि अन्तत बजार बन्द हुदा झन ठुलो पहिरो गएको छ ।

१२८ कम्पनीको सेयर किनबेच भएको बजारमा ९५ करोड ६० लाख लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा तुलनामा १३ करोड रुपैयाँ कम हो । 

सेयर बजारमा तिब्र गिरावट भइरहदा समग्र पूँजीकरण घटेर १६ खर्ब ३४ अर्बमा आइपुगेको छ । बजार उच्च विन्दुमा रहेको बजारपूँजीकरण २० खर्ब भन्दा माथि रहेको थियो । तीन महिनाको अवधिमा मात्रै सेयरबजारबाट लगानीकर्ताले ४ खर्ब रुपैयाँ गुमाउन पुगेका छन् । 

 यसदिन पाँच कम्पनीका लगानीकर्ताले मात्र कमाएका छन् भने डेढ दर्जन कम्पनीको सेयरमूल्य दश प्रतिशतको हाराहारीमा घटेको छ । केहीदिन अघि मात्र कारोबारमा आएको ग्रिन डेभलपेमन्ट बैंकको सेयर मूल्य दश प्रतिशतले बढेको छ । एनबी इन्स्योरेन्स,ओरेन्टल होटल, रिडी हाइड्रो तथा तिनाउ डेभलपमेन्ट बैंकको सेयरमूल्य सामान्य बढेको छ ।

झरेको बजारमा डेढ दर्जन बढी कम्पनीको सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा घटेको छ । हिमालयन जनरल इन्स्योरेन्स,साना किसान बैंक, लक्ष्मी लघुवित्त, प्रिमियर इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले दश प्रतिशतका दरले गुमाएका छन् । नेको इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स,किसान माइक्रो, प्रभु इन्स्योरेन्स लगायतका डेढ दर्जन कम्पनीले पनि दश प्रतिशतकै हाराहारीमा गुमाएका छन् ।

आइतबारको बजारमा एभरेष्ट बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । यसदिन एभरेष्ट बैंकको ११ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसपछि उच्च कारोबार हुने शिखर इन्स्योरेन्सको ६ करोड १८ लाख बराबरको खरिदबिक्री भएको छ । बैंक अफ काठमाण्डौ लुम्बिनीको पनि साढे चार करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................




सुनको मूल्यमा भारि गिरावट

Jun 17, 2025 10:42 AM

असार ३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले घटेको हो ।