
सोमबार नेप्से ४०.६८ अंकले बढेर १५१०.१६ विन्दुमा पुगेको छ । अघिल्लो करोबारको तुलनामा सोमबार नेप्से २.७७ प्रतिशतले बढेको हो । कारोबारमा आएका उत्पादन बाहेक सबै समूहमा सुधार आएपछि बजार उकालो लागेको हो । कारोबार खुलेको पहिलो एक घण्टामै तिब्र गिरावट आएपछि दुई पटक सक्रिट ब्रेक लागेको बजार समालिएर ४० अंकले उक्लिएको हो ।
कारोबार सुरु भएको ४० मिनेटमा नेप्से तीन प्रतिशत अर्थात ४४ अंकले घटेर १४२५ मा झर्दा पहिलो सर्किट ब्रेक लगाउनु परेको थियो भने त्यसको १५ मिनेटपछि खुलेको बजारमा सेयर मूल्य झन् घट्ने क्रम तीब्र भएर १२ बजेर १२ मिनेटमा समग्र बजार चार प्रतिशत अर्थात ५९.८० अंकले घटेपछि दोस्रो सर्किट ब्रेक लगाएर ३० मिनेटका लागि कारोबार रोक्नु परेको थियो ।
१२४ कम्पनीको सेयर किनबेच भएको बजारमा एक अर्ब करोड ९ करोड रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा १४ करोड रुपैयाँ बढी हो । दुई पटक सक्रिट ब्रेक लाग्दा ४५ मिनेट कारोबार अवरुद्ध हुदा समेत एक अर्ब बढीको कारोबार हुनुलाई भने सकारात्मक रुपमा हेरिएको छ ।
सेयर बजारमा आएको सुधारले सोमबार लगानीकर्ताको सम्पती ४५ अर्ब रुपैयाँले बढेको छ । ४० अंकले बजार उकालो लाग्दा समग्र बजार पूँजीकरण बढेर १६ खर्ब ३४ अर्बबाट १६ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । बजार उच्च विन्दुमा रहेका अवस्थामा बजारपूँजीकरण २० खर्ब भन्दा माथि रहेको थियो ।

दोस्रो सक्रिट पश्चात उचालिएको बजारमा आधा दर्जन कम्पनीका लगानीकर्ताले करिब दश प्रतिशतको हाराहारीमा कमाएका छन् । प्रुडिन्सीयल इन्स्योरेन्स, सगरमाथा फाइनान्स, एनलएजी इन्स्योरेन्स, सिद्धार्थ डेभलपेमन्ट बैंक, आइसिएफसि फाइनान्स, प्रभु इन्स्योरेन्स लगायतका छ कम्पनीको सेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । सुर्य लाइफ मञ्जुश्री फाइनान्स, अरुण भ्याली हाइड्रो लगायतका कम्पनी पनि धेरै कमाउनेमा परेका छन् ।

यसदिन जेबिल्स फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनी सेयरमूल्य साढे छ प्रतिशतले घटेको छ । कालिका माइक्रो,सिर्जना फाइनान्स तथा वरुण हाइड्रो लगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाए ।
यसदिन पनि एभरेष्ट बैंकको सबैभन्दा धेरै १५ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिओकेएलले साढे छ करोड तथा शिखर इन्स्योरेन्सले पाँच करोड बढीको कारोबार गरेका छन् । सेयर संख्यका हिसाबले बिओकेएलको एक लाख बढी कित्ता किनबेच भएर सबैभन्दा अगाडि देखिएको छ ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................