नेप्सेले अकस्मात उल्टो चक्र घुम्न थाल्दा यसरी पछारिए आँंत्तिने लगानीकर्ता, के सिक्यौं पाठ ?

Nov 28, 2016 Merolagani
0



तिलक कोइराला
सेयर बजारमा अत्यासलाग्दो अबस्था आई दुई पटक सर्किट ब्रेक लागेपछि कारोबार खुलेकोमा झण्डै पाँच प्रतिशतले समग्र बजार घट्नै लाग्दा सोमबार अकस्मात उल्टो चक्र घुम्न थाल्यो । केही क्षण अघिसम्म सबै कम्पनीका सेयरहरु बेच्ने मात्रै लगानीकर्ता देखिएकोमा अब बेच्नेहरु एकाएक बिलाए र किन्नेहरु मात्रै देखिए । कतिपय कम्पनीको मार्केट डेप्थको भित्तोमा बेच्नेतर्फ कुनै सेयर नभएको अबस्था देखियो । अनि मात्र धेरैले थाहा पाए, सेयर बजारमा किन्ने मौका त गईसकेछ ।

को पछारिए ?

दुई पटक सर्किट लागेर ६५ अंक भन्दा बढीले घटेर राताम्मै भएको बजार कारोबार बन्द हुने बेलासम्ममा ४१ अंकले हरियो भयो । मध्यमस्तरको बाणिज्य बैंकको एउटै कित्ता सेयरमा पनि झण्डै एकसय रुपैयाँ मूल्य तलमाथि भएर नेप्से बन्द भयो । मध्यदिनसम्ममा चरम निराश देखिएका आम लगानीकर्ता कारोबार बन्दसँगै अधिकांश हँसिलो अनुहार पारेर सेयर दलालको कार्यालयबाट बाहिर निस्किए तर केहीको मुहारमा भने हदैसम्मको ग्लानी र छटपहाटहट थियो, जसले हतारिएर सबैभन्दा धेरै बजार घटेको बेला सेयर बेचेका थिए, उनीहरुले घाटा सुरक्षित गरेका थिए ।

सेयर बजारमा कागले कान लग्यो भन्ने हल्ला चल्ने बित्तिकै आफ्नो कान छाम्न छाडेर सेयर बेच्न कुद्नेहरुलाई लगातारको बजार घटाईले हदैसम्म अत्याएको थियो तर जे जत्ति हल्ला चलाईए, ती सबै वनावटी थिए भन्ने देखिएको छ । त्यही पृष्ठभुमिमा आफ्नो मनोबल कमजोर बनाउनेहरुको निर्णय आत्मघाती ठहरियो ।

कहालीलाग्दो कारोबारको अबस्थाबाट नेप्सेले आफ्नो अनुहारमा ४१ अंकको हरियो पोतेर कारोबार रकमलाई एक अर्ब नौ करोड नघाउनसक्नुलाई बिशेष मान्नुपर्छ । यो चानचुने घटना हैन ।  तर यस्ता खेलहरु पटक पटक खेलिदै आएका छन् । 

दिनदिनै सेयर बजारमा आत्तिएर सेयर बेच्नेहरु बढेका कारण नेप्सेको सोमबारको घटाईमा अरु जोड परेको थियो । सेयर बजार घट्यो भन्दैमा राम्रा कम्पनीको सेयर पनि घाटा खाएर बेच्नु झन् खतरनाक हुने कुरा सतर्क गराउँदा गराउँदै लगानीकर्ताहरु अघि बढे र उनीहरुको मनोबल निकै कमजोर हुँदा बजारमा जत्ति मूल्यमा पाए पनि सेयर बेच्ने प्रबृत्ति (फ्रि फल) को अबस्था देखिएको सेयर दलालहरुले बताएका थिए ।

के सेयर बजार भनेको यही हो ?

केही दिनदेखिको घटाई र सोमबार मध्यान्हपछिको चढाईलाई धेरैले बजार यस्तै हो भनी अर्थ लगाएको पाईन्छ । मार्केट डेब्थमा बेच्ने र किन्नेहरु आउँदा र हट्दा मात्रै बजार उथल पुथल हुने हो त ? सेयर बजार माग र आपुर्तिमा मात्रै खेल्ने खेल हो कि देशको अर्थतन्त्र, कम्पनीहरुको अबस्था, राजनीतिक घटनाक्रम, लगानीकर्ताको आर्थिक हैसियत, बजार सुधार तथा बिस्तारका कदमहरु लगायतका कुराको पनि भुमिका हुन्छ ? भन्ने प्रश्न उब्जाईदिएको छ । सोमबार मध्यान्हदेखि चलाईएको हल्ला बाहेक नेपालको सेयर बजारलाई प्रभाव पार्ने गरी अरु के परिवर्तन भयो भन्ने कुरा कसैले भन्न सकेका छैनन । कुनै पनि नियमनकारी निकायहरुले बजारलाई प्रभावित पार्ने गरी कुनै निर्णय सार्वजनिक गरेका कुरा बाहिर आएका छैनन्, केबल हल्ला चलाईएको अबस्था छ ।

यसले सेयर बजारलाई जुवा घर भन्नेलाई जवाफ दिनखोज्नेहरुलाई भने कमजोर बनाएको छ ।

के पाठ सिक्ने ?
यस पटकको सेयर बजारले धेरै पाठ सिकाएको छ । त्यो पाठ बिनाबित्थामा आतंकित भएर घाटै खाएर कौडीको भाऊमा सेयर बेच्नेले मात्रै हैन, ५० जनाको हातमा बजार जिम्मा लगाएर बजार आधुनिकीकरणको गफ गर्ने, थप कदम चाल्न आनाकानी गर्ने नियमनकारी निकायहरुले पनि सिकेको हुनुपर्छ । एकैदिन बजारलाई हदैसम्म तल झार्ने, दुईपटक सर्किट लगाउने अबस्था ल्याउने र त्यही दिन ४१ अंकसम्मले बढाएर बजारलाई उल्टो दिशामा लैजानसक्ने त्यो शक्ति कुन हो त ? अनि एकछिन अघिसम्म लौ अब सबै सकियो भन्ने ठानेर जत्तिमा किन्ने पाईन्छ त्यत्तिमा सेयर बेचेर भाग्नुपर्ने र एकछिन पछि आँखा चिम्लेर जत्ति भाऊमा पाए पनि सेयर उठाउनुपर्ने बाध्यता लगानीकर्तालाई कसरी आईलाग्यो ? लगानीकर्ता स्वयंले यसमा मन्थन गर्नैपर्ने अबस्था देखिएको छ ।

सेयर बजार घटेको बेला सेयर किन्नुपर्छ र बढेको बेला बेच्नुपर्छ भन्ने धारणालाई यसपटकको बजार घटाईले थप पुष्टि गरेको छ । सेयर बजार धेरै घटेपछि किन्नेहरु आउँछन् र बजार फेरि बढ्नुपर्छ । घट्दा र बढ्दाको प्रबृत्ति स्वभाविक देखिएन भने त्यहाँ भित्री खेलहरु खेलिएका छन् भन्ने बुझ्नुपर्छ ।  जसरी बजार तीब्र रुपमा घटेको थियो, त्यसैगरी तीब्र रुपमा बढ्नु पनि घातक नै हो भन्ने कुरा आम लगानीकर्ताहरुले ख्याल गरेर आगामी दिनहरुमा कारोबार गर्नुपर्ने पाठ पनि यसले सिकाएको छ । बजार घट्दा निराश हुने र बढ्दा उत्तेजित हुने हैन, सन्तुलित भएर कारोबार गरौं भन्ने संदेश पनि बजारले नै दिएको छ । सेयर बजार अब चाँही बढेर नै जान्छ भन्ने ग्यारेन्टी पनि कसैले गर्नसक्दैन, घटबढको अबस्था रहिरहन्छ ।

बजार घटाईमा भित्री खेल खेल्नेहरुले पनि अब पाठ सिके हुन्छ, अनलाईन कारोबार प्रणाली, देशब्यापी सेयर दलालहरुको कार्यालय बिस्तार, बाणिज्य बैंकहरुलाई दलाल लाईसेन्स, लगानीकर्ताहरुको संख्यात्मक बृद्धि, प्रभावकारी नियमन लगायतका सुधारका कामहरु भएमा यसपटक खेलिएको खेल फेरि दोहोर्याउन मुस्किल नै पर्ला ।

सेयर बजारमा तीब्र गिरावट आएर राम्रा कम्पनीको सेयर मूल्य धेरै तल आएपछि केही लगानीकर्ताहरु अब सेयर किन्ने सोचमा पुगेको हल्ला चलेपछि बजारमा बिक्री चाप परेको थियो । सेयर दलालको कार्यालयहरुमा बुझ्दा बिस्तारे सेयर किन्नेहरु बढ्न थालेका र केही सामुहिक लगानी कोषहरुले पनि किन्ने संकेत दिएका बुझिएको थियो । सेयर किन्ने क्रम बढ्न थालेपछि कतिपय कम्पनीका सेयर बिक्रेताहरु मार्केट डेप्थबाट गायब भएको अबस्था आयो तर यो निकै नाटकीय पाराको घटना थियो ।

घटनाक्रम यस्तो थियो

नेपाल स्टक एक्सचेन्जमा सेयर मूल्य थामिनसक्नु गरी घट्दा सोमबार दुई पटक सर्किट ब्रेक लगाउनु परेको घटना चानचुने हैन । कारोबार सुरु भएको ४० मिनेटमा नेप्से तीन प्रतिशत अर्थात ४४ अंकले घटेर १४२५ मा झर्दा पहिलो सर्किट ब्रेक लगाउनु परेको थियो भने त्यसको १५ मिनेटपछि खुलेको बजारमा सेयर मूल्य झन् घट्ने क्रम तीब्र भएर १२ बजेर १२ मिनेटमा समग्र बजार चार प्रतिशत अर्थात ५९.८० अंकले घटेपछि दोस्रो सर्किट ब्रेक लगाएर ३० मिनेटका लागि कारोबार रोक्नु परेको थियो । त्यस पछि बजार केही घटे पनि घट्ने क्रम कम भएर सुधारिएर गयो । दोस्रो सर्किट लाग्नुअघि नेप्से १४०९ मा झरेको थियो भने कारोबार रकम २४ करोड ७० लाख मात्र भएको थियो ।

आईतबार नेप्सेमा सेयर कारोबार सुरु भएको ४७ मिनेटमा साढे ४६ अंकले सेयर बजार खस्किएपछि सर्किट ब्रेक लगाउनु परेको थियो । त्यसको १५ मिनेटपछि खुलेको सेयर बजार अन्तिममा झण्डै ६५ अंकले घटेर बन्द भएको थियो ।

सोमबार  कारोबार सुरु भएको पहिलो ४० मिनेटसम्ममा १४ करोड १९ लाख रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको थियो । केही कम्पनीका सेयरमा चलाखीपूर्ण खेल गरी मूल्य बढाईए पनि प्राय सबै कम्पनीका सेयर मूल्य उच्च अंकले घटेका थिए । घटाईको बढी मार बिमा र लघुवित्तका सेयरहरुमा बढी परेको थियो भने राम्रा बाणिज्य बैंकहरुको सेयर मूल्य पनि उल्लेखनीय रुपमा घटेको थियो ।

दिनदिनै सेयर बजार तीब्र रुपमा घट्ने क्रम नरोकिएपछि आत्तिएर सेयर बेच्नेहरुको ओईरो लागे पनि यसरी आत्तिएर सेयर बेच्नुपर्ने बस्तुगत कारण भने केही थिएन । सेयर मूल्य धेरै घटेपछि बैंकबाट सेयर धितो कर्जा लिएकाहरुलाई मार्जिन कल आउन सुरु भएकाले ऋणीहरु छटपटिन थालेका थिए ।

आबेगमा कसैले पनि सुनेनन् यस्तो आग्रह

नेपाल स्टक एक्सचेन्जले आईतबार तीब्र रुपमा सेयर बजार झरेपछि नआत्तिन लगानीकर्ताहरुलाई आग्रह गरेको थियो तर सोमबार बजार खुलेपछि त्यस प्रकारको आग्रहलाई लगानीकर्ताहरुले बिस्वास नगर्नुको परिणति पनि हतारिनेहरुले भोग्नु पर्यो । नियमनकारी निकायका अधिकारीहरु अर्थतन्त्रमा खासै नराम्रा कुराहरु नभएको र सेयर बजारलाई प्रभावित पार्ने गरी कुनै निर्णय नगरेको बताईदा रहँदा पनि नेप्सेमा लगातार भारी गिरावट आउनु संदेहपूर्ण देखिएकै थियो । यसमा केही सामुहिक लगानी कोष, संस्थागत लगानीकर्ता, ब्यक्तिगत ठूला लगानीकर्ता र सेयर दलालहरुले खेलेको भुमिकाको बिबेचना हुनुपर्छ ।

सेयर बजार लगातार झर्दा लगानीकर्ताहरुको मनोवल कमजोर बनेको मौकामा चलाईएका अनेक हल्लाले बजारलाई थप घटाउन सहयोग गरेको देखियो । तर यसलाई चिर्ने र लगानीकर्ताहरुलाई आश्वस्त पार्ने गरी सरकार र नियमनकारी निकायहरुबाट ठोस निर्णयहरु सार्वजनिक हुन ढिलाई हुँदा अन्योल बढ्दै गएको हो । यस घटनाबाट पाठ सिकेर नियमनकारी निकायहरुले कति चाडै परिणाममुखी काम थाल्नेछन् हेर्नुपर्ने भएको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

 




दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।