हकप्रदको बाढी यस्तो छ,५ महिनामा धितोपत्र बोर्डले दियो २७ कम्पनीलाई स्वीकृति

Dec 01, 2016 Merolagani



शेयर बजारमा लगानी गर्नेको संख्या पछिल्ला दिनमा तिब्र बन्दै जाँदा सुचिकृत कम्पनीहरुले पनि त्यसैको सहयोगमा आफ्नो पूँजी बढाई रहेका छन् । पूँजी वृद्धिका लागि शेयरमा आकर्षित भएका लगानीकर्ताबाट हकप्रदको माध्यमबाट पूँजी वृद्धिका लागि चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा २७ कम्पनीले सवा १२ करोड कित्ता हकप्रद निष्काशनको स्वीकृति पाएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजी चार गुणाले बढाउने निर्णय गरेसँगै धेरै बैंक तथा वित्तीय संस्थाले हकप्रद तथा नयाँ शेयर निष्काशन गरिसकेका छन् । अझै यो क्रम तिब्र रुपमा चलिरहेको छ । कतिपय कम्पनीहरु अझै धितोपत्र बोर्ड पुगेका छैनन् भने झण्डै दर्जन कम्पनीहरु बोर्डको स्वीकृतिको पखाईमा छन् ।

चालु आर्थिक वर्षको सुरुवातदेखि मंसिर दोस्रो सातासम्ममा आईपुग्दा सात वाणिज्य बैंक, १२ विकास बैंक, पाँच फाइनान्स र तीन लघुवित्त गरी २७ कम्पनीले फरक फरक अनुपातमा हकप्रद निष्काशनको स्वीकृति पाएका हुन् ।

 

 

 

 

 

 

हकप्रद निष्काशनको स्वीकृति पाएका वाणिज्य बैंक

 

 

हकप्रद निष्काशनको स्वीकृति पाएका विकास बैंक

 

हकप्रद निष्काशनको स्वीकृति पाएका फाइनान्स

 

 

 हकप्रद निष्काशनको स्वीकृति पाएका लघुवित्त

 

 

यसै गरी धितोपत्र बोर्डमा हकप्रद निष्काशनका लागि आवेदन दिएर १० कम्पनीहरु स्वीकृतिको पर्खाइमा छन् । जस मध्ये जलविद्युत क्षेत्रका कम्पनीहरुको हकप्रदलाई धितोपत्र बोर्डले नियमन गर्ने भन्दै तत्काल स्वीकृति नदिने व्यवस्था गरेको छ । अरु कम्पनीहरु मध्ये केहीले संस्थापकबाट कल इन एडभान्स संकलन गर्न नसकेका कारण लामो समयदेखि स्वीकृति पाउन सकेका छैनन् भने बैंक वित्तीय संस्था बाहेकका कम्पनी रेटिंगको प्रकृयामा रहेका छन् ।

 

 

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।