
सोमबार बैंक र सानिमा क्यापिटल लिमिटेड बीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकले एक करोड ३८ लाख ४३ हजार ३ सय ८० कित्ता हकप्रद शेयर चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा निष्काशन गर्नको लागी आवश्यक सम्पूर्ण कार्य गर्न उक्त क्यापिटललाई जिम्मा दिइएको छ ।
हाल बैंकको चुक्ता पूंजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेकोमा २५ प्रतिशत हकप्रद शेयरको वांडफांड पश्चात बैंकको चुक्ता पूंजी ६ अर्व ९२ करोड १६ लाख ९० हजार पुग्ने बैंकले जनाएको छ ।
बैंकले चालु आर्थिक बर्षको मुनाफाबाट एक अर्ब बढीको बोनश वितरण गरेर बैंकले ८ अर्ब पूँजी पुर्याउने देखिएको छ ।
बैंकले गतबर्ष ५५ प्रतिशत हकप्रद बिक्री र ७५ करोड बराबरको बोनस सेयर वितरण गरेको थियो ।
..............................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
..............................................................................................................................