लौ आयो, प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीलाई हकप्रद र एफपिओ निष्कासनको कडा मापदण्ड

Dec 07, 2016 merolagani


नेपाल धितोपत्र बोर्डले बैंकिङ, वित्तीय वा बीमा सम्बन्धी व्यवसाय गर्ने संगठित संस्था बाहेकका अन्य संगठित संस्थाहरुलाई हकप्रद तथा थप सार्वजनिक निष्काशन (एफपिओ) जारी गर्न शर्त तथा मापदण्डहरु तोकेको छ । प्रत्यक्ष नियमनकारी निकायहरु नभएका संस्थाहरुले हकप्रद र थप नयाँ साधारण सेयर निष्कासन गरेर सर्बसाधारणहरुको पैसामा संचालकहरुले बदमासी गर्न खोजेपछि मेरोलगानी डटकमले खोजमुलक समाचार प्रवाह गरेको थियो ।

मेरोलगानी डटकमको समाचारको प्रभावले बोर्डले त्यस्ता कम्पनीहरुको थप सेयर निष्कासनमा रोक लगाएर मापदण्ड बनाउन कार्यदल बनाएको थियो । बोर्डले बुधबार जारी गरेको शर्त तथा मापदण्डहरुमा कडा प्रावधान व्यवस्था गरिएको छ ।

यस्ता छन् शर्त तथा मापदण्डहरु :

 

बोर्डले हकप्रद शेयर वा फर्दर पव्लिक इस्यू सम्बन्धमा साथै उक्त निष्काशनबाट प्राप्त हुने कूल रकमको उपयोग सम्वन्धमा स्पष्ट वित्तीय योजना तथा रणनीतिहरु साधारण सभाबाट पारित गराएको हुनुपर्ने शर्त तोकेको छ । त्यसैगरी हकप्रद निष्काशन अनुपातको औचित्य पुष्टि गर्ने आधारहरु प्रष्ट हुनुपर्ने र प्राथमिक निष्काशन गरेको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।

त्यस्तै हकप्रद तथा एफपिओ निष्काशन गर्ने कम्पनीले नियमानुसार क्रेडिट रेटिङ्ग गरेको हुनुपर्ने ,जारी पूँजी शतप्रतिशत चुक्ता भैसकेको हुनुपर्ने ,प्रचलित कानून अनुसार परियोजना निर्माणको लागि कुनै निकायबाट इजाजत, अनुमतिवा स्वीकृति लिनुपर्ने भएमा त्यस्तो इजाजत, अनुमतिपत्र वा स्वीकृति लिइसकेको हुनुपर्ने शर्त तथा मापदण्ड बोर्डले तोकेको छ ।

यसैगरी परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजरको सैद्धान्तिक सहमतिपत्र प्राप्त गरिसकेको हुनुपर्ने, हकप्रद निष्काशन वा फर्दर पव्लिक इस्यूको सार्वजनिक सूचना प्रकाशित गर्नु भन्दा कम्तीमा ५ कार्य दिन अगाडि परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर भएको जानकारी गराई बोर्डको स्वीकृति लिएर मात्रै दरखास्त खुल्ला गरिएको सूचना प्रकाशित गर्नु पर्ने लगायतका व्यवस्थाहरु बोर्डले गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी वृद्धिको सिमा तोकी २०७४ असारमसान्तको समय दिएको छ । त्यसअवधि भित्र पूँजी बढाउन सहयोग पुगोस भनेर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई हकप्रद तथा एफपिओ निष्कासनमा केही सहज गराएको छ । यो मापदण्डले विमा क्षेत्रलाई पनि समेट्दैन ।

यो शर्त तथा मापदण्डले धितोपत्र बोर्डमा दुई सय प्रतिशत हकप्रद जारी गर्न आवेदन दिएको अपिपावर कम्पनी, शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेको सानिमा माई हाइड्रो, साधारणसभाबाट एफपिओ निष्कासनको प्रस्ताव पारित गराएको बुटवल पावर कम्पनी, अरुण भ्याली हाइड्रो लगायतका कम्पनीलाई तत्काल प्रभावित पार्ने देखिएको छ ।

यो व्यवस्थाबाट प्रत्यक्ष नियमनकारी निकाय नभएका पूँजीबजारमा सूचिकृत संस्थाहरु प्रति लगानीकर्ताहरुको विश्वास अभिबृद्धि भई समग्र पँुजीबजारको समयानुकुल विकास तथा विस्तार हुन जाने बोर्डको अपेक्षा रहेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

..........................................................................................................................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।