हाम्रो विकास बैंकले प्रस्ताव गर्यो दुई सय प्रतिशत हकप्रद, तर नउचालिनुस्

Dec 14, 2016 Merolagani

ज्योति विकास बैंकसँग मर्जर तोडेको हाम्रो विकास बैंक (HAMRO) ले पूँजी वृद्धिका लागि दुई सय प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको तीन जिल्ले कार्यक्षेत्रको बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बाध्यात्मक परिस्थितीमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

अहिले १२ करोड २३ लाख ३३ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकले बोनस बितरण पश्चात चुक्ता पूँजी १५ करोड २९ लाख बनाएर उक्त पूँजीको दुई सय प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको हो । बोनस बितरण र हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४६ करोडको हाराहारीमा पुग्नेछ । तर अहिले ३६ रुपैंया प्रतिसेयर आम्दानी रहेको बैंकको दुई सय २५ प्रतिशतले पूँजी वृद्धि भए पछि त्यसलाई सन्तुलन गर्न समस्या पर्ने देखिन्छ । अहिले हकप्रदको प्रस्ताव आए पनि साधारण सभाबाट पारित भएर प्रकृयामा जान धेरै समय लाग्ने भएकाले पनि अहिले नै हकप्रद भन्दै उचालिएर सेयर किन्नु घातक हुन सक्छ । 

बैंकले बोनस बितरण तथा उक्त हकप्रद निष्काशनको अनुमतीका लागि आगामी पुस २९ गते साधारण सभा बोलाएको छ । साधारण सभाका लागि बैंकले पुस नौ गतेदेखिे सेयरधनी दर्ता किताब बन्द गर्दैछ । उक्त बुकक्लोजले बोनस मात्र सुरक्षित गर्ने र हकप्रदका लागि धितोपत्र बोर्डको स्वीकृति पश्चात अर्को बुकक्लोज हुनेछ ।

गत असोज मसान्तसम्ममा बैंकको पाँच करोड ९० लाख ३७ हजार रुपैंया सञ्चित छ भने प्रतिसेयर नेटवर्थ एक सय ४७ रुपैंया ५३ पैसा छ । बुधबार बजार खुले पछि एकाएक बैंकको सेयर मूल्य ४४ रुपैंयाले बढेर छ सय पाँच रुपैंयामा पुगी तत्काल नै पाँच सय ७२ रुपैंयामा झरेको छ । सोही बजार मूल्यलाई आधार मान्दा बैंकको प्रतिकित्ता सेयरको मूल्य आम्दानी अनुपात १६ गुणाको हाराहारीमा बढी हुन आउँछ ।

यसै बिच बैंकका सञ्चालक जीवनबहादुर श्रेष्ठले दिएको राजिनामा पनि बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ । एकाएक बैंकबाट श्रेष्ठ बाहिरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।