कञ्चन डेभलपमेन्ट बैंकको ५० प्रतिशत हकप्रद षौष १८ बाट, सेयरमूल्य समायोजन

Dec 15, 2016 merolagani

कञ्चन डेभलपमेन्ट बैंक (KADBL) ले ५० प्रतिशत हकप्रद अर्थात दुई बराबर एक कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले पुष १८ गतेदेखि माघ २३ गतेसम्म हकप्रद बिक्री गर्ने भएको हो । साथै बैंकले बोनस तथा हकप्रदको लागि एकसाथ सेयरमूल्य समायोजन समेत गरेको छ ।



बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हुन आउने कुल ९ लाख ९० हजार कित्ता हकप्रद बिक्री गर्देछ । मंसिर २९ गतेसम्म कायम रहेका सेयरधनीहरुले हकप्रद भर्न पाउनेछन् । बैंकले मंसिर ३० गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ ।

गत बर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको बैंकले बोनस र हकप्रदको मूल्य समायोजन समेत गरेको छ ।  समायोजनपछि बैंकको प्रतिकित्ता सेयरमूल्य ३२९ रुपैयाँ कायम भएको छ ।

हाल १९ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ५० प्रतिशत हकप्रद र गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रस्ताव गरेको २५ प्रतिशत बोनसपछि बैंककोचुक्ता पूँजी ३४ करोड ६५ लाख पुग्नेछ ।

साथै बैंकले ३४ करोड ६५ लाखको फेरी ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पुस ९ गतेको साधारणसभामा लैजाँदैछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।