बागलुङको गलकोटमा माओबादी द्धन्दका कारण १५ बर्षदेखि बन्द नेपाल बैंकको शाखा फेरि खुल्दा जनतामा बेग्लै उत्साह

Dec 19, 2016 RSS

सशस्त्र द्वन्द्वकालमा विस्थापित भएको नेपाल बैंक लिमिटेड (NBL) को बागलुङ गलकोट शाखा पुनः स्थापना भएको छ । पन्ध्र वर्षदेखि बन्द शाखाले आइतबारदेखि सेवा सञ्चालन गरेको हो ।

बागलुङ जिल्लाको हरिचौरस्थित बैंकको पुरानो भवन जीर्ण भएकाले तत्कालका लागि भाडाको घरबाट काम थालेको शाखाले बचत सङ्कलन, कर्जा प्रवाह, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विप्रेषण लगायतका सेवा सुरु गरेको  प्रबन्धक लक्ष्मण रखालले जानकारी दिए ।

सेवा शुभारम्भकै दिन ३१ जनाको खाता खोलिएको र रु १० लाख सात हजारको कारोबार भएको जनाइएको छ । शाखामा प्रबन्धकसहित तीनजना कर्मचारी छन् । शाखाले थप सेवा विस्तार गर्दै जाने शाखा प्रमुख रखालले बताए । “थप सेवा विस्तार गर्दै जान्छौँ, सेवाग्राहीको विश्वास जित्ने गरी हामी काम गर्नेछौँ”, उनको भनाइ थियो ।

विस्थापित बैंक पुनः खुलेपछि विकास योजनाको रकम, कर्मचारीको तलबभत्ता, निवृत्तिभरण लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हटेकाले स्थानीवासी उत्साहित बनेका छन् । सो शाखा खुलेपछि गलकोटमा आर्थिक गतिविधि पनि बढ्ने स्थानीयवासी ललित श्रीशले बताए । “सेवा दिइरहेको बैंक लामो समय बन्द रहँदा हामी समस्यामा थियौँ” श्रीशले भने, “अब घरदैलोमै बैंकिङ सेवा आएको छ, यसले समग्र गलकोटवासीलाई हर्षित बनाएको छ ।”

वि.सं.२०३३मा स्थापना भएको सो शाखा द्वन्द्वका कारण २०५८ सालमा विस्थापित भएको थियो । उक्त भवन जीर्ण भएर बस्न नमिल्ने भएपछि पुनः निर्माण गरिने भएको छ । तत्कालीन समयमा स्थानीयवासीले बैंकको शाखा राख्न एक रोपनी जमिन निःशुल्क रुपमा उक्त जग्गा उपलब्ध गराएका थिए ।

शाखा पुनः स्थापनाका लागि स्थानीयवासीले पटक–पटक दबाब दिँदै आएका थिए । नेपाल बैंक लिमिटेडले यसै साता गलकोटसहित तनहुँको खैरेनीटार शाखा र स्याङ्जाको सुन्तलेटार शाखा पनि पुनः स्थापना गरेको जनाएको छ । रासस

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।