३३.४ मेगावाटको लिखु २ आयोजनालाई लगानी जुट्यो,६ वित्तीय संस्थाले ४ अर्व ५१ करोड लगानी गर्ने

Dec 30, 2016 merolagani

ग्लोबल हाईड्रोपावर एसोसिएट प्रालिको प्रवर्धनमा निर्माणाधिन ३३.४ मेगावटको लिखु २ आयोजनाका लागि लगानी जुटेको छ । उक्त आयोजनामा माछापुच्छ्रे वैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाहरुले ४ अर्व ५१ करोड रुपैया कर्जा लगानी गर्ने भएका छन् ।

लगानी सम्बन्धि सम्झौतामा प्रवर्धक कम्पनि र वैंकहरुविच विहीबार काठमाण्डौंमा सम्झौता सम्पन्न भएको छ । सहभागी बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट माछापुच्छ्रे वैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र प्रवद्र्धक ग्लोबल हाईड्रोपावर एसोसिएट प्रा.लि. का तर्फबाट अध्यक्ष मोतीलाल दुगड बीच सम्झौता आदान प्रदान भएको हो ।

सम्झौता अनुसार उक्त आयोजनाका लागि माछापुच्छ्रे वैंक लगायत मेगा बैंक, नेपाल एसबिआइ बैंक, नेपाल बंग्लादेश बैंक, एभरेष्ट र भिवोर सोसाइटी डेभलपमेण्ट बैंकले ४ अर्व ५१ करोड रुपैया कर्जा लगानी गर्ने भएका हुन् ।

आयोजनाको लगानी संरचना अनुसार कुल लागत ६ अर्व २ करोड लाग्ने अनुमान गरिएको छ । जसमध्ये ७५ प्रतिशत वैंक तथा वित्तीय संस्थाको र २५ प्रतिशत प्रवर्धकको लगानी रहने छ ।

वैंकहरुद्धारा कर्जा लगानी गर्ने निश्चित भए पछी आयोजनाको निर्माण कार्य अघी बढने निश्चित भएको छ ।
लिखु–२ जलविद्युतआयोजना रामेछाप जिल्लाको गुम्देर गा.वि.स. र सोलुखुम्बु जिल्लाको भकञ्जेगा.वि.स.मा अवस्थित छ । २४२ मिटर हेड र १६.५ क्युसेक (डिजाइन डिस्चार्ज) पानी वालुवा थेग्रायाई करिवन ७ किलोमिटर सुरुङ तथा ४८९ मिटर पेनस्टक पाईपको माध्यमद्धारा विद्युतिय उर्जा उत्पादन गरिनेछ ।

अध्ययन अनुसार आयोजनाबाट वार्षिक १८ करोड २५ लाख ९० हजार युनिट विद्युतीय उर्जा उत्पादन हुनेछ । उक्त उत्पादीत उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्री सम्झौता(पि.पि.ए) अनुसार न्यू खिम्तीसव स्टेशन सम्म आयोजनाले प्रसारण लाईन निर्माण गरी त्यहाबाट राष्ट्यि प्रसारण प्रणाली मार्फत स्वदेशमै आन्तरिक खपतको लागि वितरण गरीने छ । आयोजना समयमै सम्पन्नगर्न प्रवर्धक कम्पनिले सरकारलाई “परफमेन्स सेक्युरिटी” वुझाएको छ ।

यो लगानी सम्झौता भएको २/३ महिना भित्रै आयोजनाका मुख्य संरचनाहरु निर्माण प्रारम्भ गरी बि.सं.२०७७ श्रावण १ भित्रै विद्युत उत्पादन गरिने लक्ष्य लिइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।