एनसीसी बैंकले चार बिकास बैंकलाई गाभेर थाल्यो एकीकृत कारोबार,यस्तो छ आठ अर्बको योजना

Jan 01, 2017 merolagani

चारवटा ठूला बिकास बैंकहरुलाई गाभेर एनसीसी बैंक (NCCB) ले आइतबारबाट एकीकृत कारोबार थालेको छ । मर्ज प्रक्रियामा गएको एक वर्षभन्दा लामो समयपछि एनसिसीसंग एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक गाभिएका हुन्।

एनसीसीमा गाभिदा एनसीसीको एकसय कित्ता बराबर ईन्फ्रास्ट्रक्चरका सेयरधनीले ७६, ईन्टरनेशनलकाले ७२, सुप्रिमकाले ७५ र एपेक्सकाले ४७ कित्ता सेयर पाउने गरी स्वाप रेसियो डीडीएबाट तय भएको थियो । मर्जपछि एनसीसीको चुक्ता पुँजी पाँच अर्ब ६६ करोड रूपैयाँ पुगेको छ ।

८ अर्ब पूँजी पुर्याउन बैंकले वोनसका साथै हकप्रद बिक्री वा एक्वायरमा जाने योजना अघि सारेको छ । मर्जरपछि बैंकले उत्कृष्ट पाँच बैंकमा पुयाउने लक्ष्य राखेको बैंकको प्रमुख कार्यकारी रमेशराज अर्यालले बताए ।

बैंकको शाखा ९६ वटा पुगेको छ । चार लाख ८६ हजारभन्दा बढी ग्राहकलाई ६१ वटा एटीएमबाट सेवा दिइने बैंकले जानकारी दिएको छ । पछिल्लो तथ्यांक अनुसार एसीसीको निक्षेप ५४ अर्ब ३७ करोड अनि ४८ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ ।

राष्ट्र बैंकले गत मंसिर २० गते पाँच वटै संस्थालाई मर्जको अन्तिम स्वीकृति दिएको थियो तर कम्पनी रजिष्ट्रारको कार्यालयले एनबी समूहले हालेको मुद्धालाई कारण देखाउँदै एकीकृत कारोबारको स्वीकृति दिन ढिलाई गरेको थियो । मर्जरको क्रममा तयार पारिएको सम्पति तथा दायित्वको मूल्यांकन प्रतिबेदन (डीडीए) बिरुद्ध एनबी समूले मुद्धा हालेको थियो ।

एनसीसीमा एनबी समूह र निर्मल प्रधान समूहबीचको झगडाले संस्थागत सुशासन कमजोर बनेपछि राष्ट्र बैंकले झण्डै तीन बर्ष अघि एनसीसीलाई आफ्नो नियन्त्रणमा लिएर राष्ट्रियस्तरका बिकास बैंकहरुलाई आपसमा गाभेर सबल बैंक बनाउने रणनीति लिएको थियो । यही क्रममा आपसमा गाभिने संम्झौता गरेको कुमारी बैंक एकाएक मर्ज प्रक्रियाबाट बाहिरिएपछि बीचमा केही असजिलो महसुस गरिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।