आस्बा प्रणालीबाट कुन कुन बैंक मार्फत गर्न सकिन्छ सेयर आवेदन ?

Jan 05, 2017 Merolagani

परमेश्वर अधिकारी
यसरी हुन्छ सेयर आवेदन झनै सजिलो
नेपाल लाइफ इन्स्योरेन्सको थप नयाँ सेयर निष्काशनमा लगानीकर्ताले अहिले चलनमा रहेको सामान्य प्रकृयाबाट आवेदन दिनु पर्ने हुन्छ । यो नै नेपालको अहिलेको प्रचलनमा रहेको एक मात्र सेयर आवेदन प्रणालीको अन्तिम सेयर निष्काशन हुनेछ । माघ एक गतेदेखि आस्बा अर्थात एप्लिकेशन सपोर्ट बाई ब्लकड एमाउण्ट प्रणालीबाट पनि सेयर आवेदन गर्न सकिने छ ।

नयाँ सेयर एफपिओ होस् वा प्राथमिक सेयर आईपिओ, तपाई लाइनमा बस्नु पर्ने अनि सेयर नपरेको पैसा फिर्ता लिनु पर्ने झण्झट महसुस गर्दै हुनुहुन्छ भने अब आस्बा प्रणालीबाट सेयर आवेदन गर्ने सोच बनाउनुस् । किनकी माघ एक गतेबाट यो व्यवस्था लागू हुने भए पनि अनिवार्य रुपमा यो प्रणालीबाट नै आवेदन गर्नु पर्छ भन्ने हैन, तर तपाई आफुलाई सहज बनाउन चाहनु हुन्छ भने उत्तम विकल्प यहि नै हो ।

अहिले शेयर आवेदकले आवेदन फारमसँगै आफ्नो खाता भएको बैंकको चेक बुझाउनुपर्ने व्यवस्था छ । आस्बा प्रणाली लागू भए पछि आवेदकको बैंक खातामा माग गरेको सेयर वापतको रकम ब्लक गरिने भएकाले एउटा फारम मात्र बुझाउँदा हुने भएको हो । तर अहिले प्रचलनमा रहेको प्रणाली पुर्ण रुपमा विस्थापित गरिएको हैन । अहिलेको जसरी पनि आवेदन गर्न सकिन्छ ।

नेपाल धितोपत्र बोर्डले बैंकको चेक जम्मा गर्ने, शेयर बाडँफाटँ भएपछि शेयर नपरेको रकम फेरि बिक्री प्रवन्धकमार्फत चेकबाटै फिर्ता गर्नुपर्ने प्रकृया लामो र झण्झटिलो भएको भन्दै आस्बा लागू गर्न लागेको हो । जस अनुसार अहिले धितोपत्र बोर्डबाट आस्बाको अनुमति पाएका विभिन्न १४ बैंक तथा वित्तीय संस्थामा खाता भएका लगानीकर्ताले आफुले माग गरेको सेयर वापतको रकम बैंक खातामा जम्मा गरी सम्बन्धित बैंकमा सेयर माग फारम मात्र भर्नु पर्ने हुन्छ ।

बैंकले खातामा रकम जम्मा भएको पुष्टि गर्दै तपाईलाई सेयर आवेदन स्वीकृत गरी खातामा उक्त रकम सेयर बाँडफाँड नहुञ्जेल ब्लक भएको कागजात उपलब्ध गराउनेछ । बाँडफाँड पछि तपाईलाई परेको सेयर वापतको रकम सम्बन्धित कम्पनीकोमा जान्छ भने अरु रकम फुकुवा हुन्छ । यसबाट तपाईलाई हुने फाइदा यो हो कि व्याज आफ्नै खातामा आउँछ भने सेयर पाए पछि मात्र त्यसको रकम तपाईको खाताबाट रकमान्तर हुन्छ । अहिलेको जसरी आवेदनका दौरान अनेकन समस्या झेल्नु पर्दैन, सेयर नपरेको पैसा खोज्न लाइन लाग्नु पर्दैन साथै सेयर आवेदन संकलन प्रकृया धेरै संस्थामा बिकेन्द्रित हुने हुँदा लाइन लाग्नु पर्ने छैन । जसले आस्बा बाहेकबाट तोकिएको स्थानबाट आवेदन गर्छ उसले भने उल्लेखित सबै झण्झट पुरा गर्नै पर्छ ।

पहिलो चरणमा स्वीकृति पाएका १४ बैंक कुन् कुन् कुन् ?

यति डेभलपमेण्ट बैंकलाई पनि बोर्डले यस अघि स्वीकृति दिने निर्णय गरेको भए पनि उसको निष्कृय कर्जा अनुपातको अवस्थालाई हेरेर केही समय पछि मात्र आस्बाको स्वीकृति दिने बोर्डले जनाएको छ ।

यो बाहेक धेरै बैंक तथा वित्तीय संस्थाहरु आस्बाको पाइपलाईनमा रहेको र निरन्तर यो संख्या थपिँदै जाने धितोपत्र बोर्डले जनाएको छ । बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले मेरोलगानीसँग कुरा गर्दै भने, ‘यो निरन्तर चलिरहने प्रकृया हो, धेरै वित्तीय संस्था पाइपलाइनमा छन् । हाम्रो मापदण्ड अनुरुपका धेरै भन्दा धेरै बैंकहरु यो प्रणालीमा आए पछि सबैले सहजै यो सुविधाको सदुपयोग गर्न पाउनु हुनेछ ।’

अहिले आफ्नो बैंक खाता भएको बैंकले आस्बाबाट सेयर आवेदन गरेन भनेर लगानीकर्ताले दौडधुप गरी अर्को संस्थामा बैंक खाता खोल्नु नपर्ने देखिएको छ । किनकी अहिले तत्काल फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको मात्र साधारण सेयर धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । यो निष्काशन हुने समयसम्ममा अरु बैंक तथा वित्तीय संस्था थपिन्छन् भने अरु साधारण सेयर निष्काशनका बेलासम्ममा धेरै बैंकहरु आस्बा प्रणालीमा आबद्ध हुनेछन् ।

बैंक खाता नै नभएका लगानीकर्ताले आस्बामा आएका बैंकहरुमा खाता खोल्दा हुने देखिए पनि अरुलाई चटपटेको व्यापार सरह जबरजस्ती बैंक खाता खोल्न लगाउन सक्ने भएकाले हतार नगरी धैर्य भएर आफ्नो बैंक खाता भएको बैंक आस्बामा आउने प्रतिक्षा गर्दा हुन्छ । बोर्डले तोकेको मापदण्ड पुरा गर्न नसकेका बैंकमा खाता भएका लगानीकर्ताले भने अरु संस्थामा पनि बैंक खाता खोल्दा हुन्छ ।

अहिले एकै पटक आस्बाबाट दुई वा सोभन्दा बढी कम्पनीमा आवेदन गर्न नमिल्ने हल्ला चलाइएको भन्दै धितोपत्र बोर्डले त्यो निराधार रहेको बताएको छ । आफ्नो खातामा आवश्यक रकम जम्मा भएको अवस्थामा एकै पटक दुई वा सो भन्दा बढी कम्पनीको सेयर निष्काशन भएको खण्डमा सबै सेयरमा आवेदन गर्न सकिने धितोपत्र बोर्डले प्रष्ट पारेको छ ।

बैंकलाई के के छन् मापदण्ड ?

साधारण शेयर निष्काशन प्रकृयालाई सहज अनि व्यवस्थित बनाउन आस्बा सुरु गर्न लागेको बोर्डले यसका लागि बैंक तथा वित्तीय संस्थाहरुको मापदण्ड तोकेको हो । बोर्डले परिमार्जित धितोपत्र खरिद सम्बन्धि निर्देशिका २०७३ को व्यवस्था अनुसार परिक्षणका रुपमा प्रयोगमा ल्याउन लागेको आस्बा सेवा दिनका लागि वाणिज्य बैंक तथा विकास बैंकहरु मात्र सक्षम हुने छन् । आस्बामा आवद्ध हुनका लागि प्रतिशेयर चुक्ता पुँजी भन्दा प्रतिशेयर नेटवर्थ बढी भएका वाणिज्य बैंक तथा विकास बैंकले धितोपत्र बोर्डमा आवेदन दिनु पर्ने हुन्छ ।

त्यसै गरी बोर्डले कम्तीमा पाँच वर्षदेखि सञ्चालनमा रही पछिल्ला दुई वर्ष खुद नाफा कमाएको निष्कृय कर्जा अनुपात पाँच प्रतिशतभन्दा कम रहेको र राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हकमा सो फुकुवा भएको तीन वर्ष भएका बैंकहरुले मात्र आस्बा सेवा प्रदान गर्न सक्नेछन् ।

आस्वा सेवाप्रदायक बन्न ती बैंकहरुको काठमाडौं उपत्यकाभित्र कम्तीमा चार वटा शाखा कार्यालय रहेको र साधारण शेयर निष्काशन गरी सुचिकृत भएको हुनु पर्नेछ । त्यस्ता बैंक तथा वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा धितोपत्रको दरखास्त संकलन गर्न सक्ने व्यवस्था उल्लेख भएको हुनुपर्नेछ । यस्ता बैंकहरुलाई एक वर्षसम्म निर्देशिका बमोजिम दरखास्त संकलनको काम काम गर्न धितोपत्र बोर्डले स्वीकृति दिनेछ ।

धितोपत्र बोर्डले आस्बा प्रणाली र अहिलेको सामान्य प्रणाली दुवैको समानान्तर प्रयोगबाट आस्बालाई प्रोत्साहित गर्दै लैजाने लक्ष्य लिएको छ । अहिलेको प्रणाली अनुसार दुई महिनासम्म लाग्दै आएको शेयर बाँडफाँड आस्बा प्रणालीबाट २० दिनमा गर्न सकिने बोर्डले जनाएको छ ।

छिमेकी राष्ट्र भारतमा लामो समयसम्म आस्बा परिक्षणका रुपमा लागु भएर केही समय अघि मात्र पुर्णकालिन रुपमा प्रयोगमा आएको हो । धितोपत्र बोर्डले भारतबाट पनि आस्बाको सम्बन्धमा आवश्यक सल्लाह सुझाव तथा अनुभव बटुलेर आस्बा कार्यान्वायनमा ल्याउन लागेको हो । माघ एक गतेबाट सेयर आवेदन गर्दा मुलुक भरीका लगानीकर्तालाई डिम्याट खाता अनिवार्य गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।