नबिल र निर्धन उत्थान बैंकको बोनस डिम्याट खातामा पाउने हो भने यस्तो गर्नुस्

Jan 06, 2017 Merolagani

गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस बितरण गरेको नबिल बैंक तथा २० प्रतिशत बोनस प्रस्ताव गरेको निर्धन उत्थान बैंकले बोनस सेयर सुचिकरणको प्रकृया अन्तिम चरणमा पुर्याएका छन् । लगानीकर्तासँग अझै पनि कागजी सेयर प्रमाण पत्र छ र सुचिकरण पश्चात डिम्याट खातामा दुवै कम्पनीको बोनस जम्मा होस् भन्ने चाहनु हुन्छ भने त्यसको विकल्प खुल्ला भएको छ ।

सामान्यतया सेयरधनी पुस्तिका बन्द हुनु अगावै डिम्याट खातामा सेयर भएकाहरुलाई मात्र सोही डिम्याट खातामा सेयर पठाउने प्रचलन अहिले छ । अहिलेको यो चलनबाट बाहिर निस्किँदै नबिल र निर्धन उत्थान बैंकले कागजी प्रमाणपत्र भएकाहरुलाई पनि डिम्याट खातामा नै बोनस सेयर हालिदिने तरखर गरेका हुन् ।

अहिले कागजी सेयर प्रमाणपत्रको कारोबार नहुने भएकाले बैंकले कागजी सेयर प्रमाणपत्र भएकाहरुलाई उक्त सेयर डिम्याट गराउन आग्रह गरेका छन् । सकेसम्म कागजी प्रमाणपत्र नछाप्ने मनस्थितीमा रहेका बैंकले कागजी प्रमाणपत्र डिम्याट भए पछि सबै सेयरधनीको डिम्याट खातामा बोनस सेयर पठाउने तयारी गरेका हुन् ।

डिम्याट खाता खोल्न केही बेर समय लाग्ने भएको हुँदा आफुलाई सजिलो बनाउन लगानीकर्ताले आज नै प्रकृया सुरु गरी आफुसँग भएको कागजी सेयर डिम्याट गराउन दिए केही दिनमा नै डिम्याट खातामा आउँछ । बैंकले कागजी प्रमाणपत्र डिम्याट भएको सबै तथ्यांक संकलन गरी सोही आधारमा लगानीकर्ताको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिने बताएको हो ।

बजारमा किनबेच भएका डिम्याट सेयरको हकमा भने बुक क्लोज अघिको मितिसम्ममा डिम्याट खातामा सेयर जम्मा भएकाहरुले मात्र बोनस सेयर पाउने छन् । नबिल बैंकले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांस तथा निर्धन उत्थानको ११.५८ प्रतिशत नगद लाभांसको पुर्जा भने वितरण भईरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।