दुई महिना अघि बैंकहरुमा रहेको साढे दुई खर्ब तरलता कता हरायो ?

Jan 06, 2017 Merolagani

घरजग्गा र गाडीमा बैंकहरुले पैसा खन्याउँदा संकट

अर्थशास्त्री डा. पुस्कर बज्राचार्यले देशमा गाडी आयातको डरलाग्दो तथ्यांक प्रस्तुत गर्दै अहिलेको तरलता संकटको मुख्य कारक घर र गाडी कर्जामा बैंकहरुको अधिक लगानी भएको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित स्टक ब्रोकर्स एशोसियशनको कार्यक्रममा उनले प्रश्न गरे -दुई महिना अगाडि राष्ट्र बैंकको तथ्यांकमा २५० अर्ब तरलता थियो, दुई महिना पछाडि त्यो कता हरायो र एकाएक तरलता संकट देखिएको छ ?

अहिले बित्त बजारमा तरलताकाृ अबस्था १० अर्ब भन्दा तल आईपुगेको छ । गहिरिदो तरलता संकटका बीच बाणिज्य बैंकहरुले १० प्रतिशत भन्दा बढी बार्षिक ब्याज दरमा तीन महिने मुद्धती निक्षेप लिन थालेका छन् । तरलता संकट समाधान गर्न भन्दै राष्ट्र बैंकले रिपो जारी गरेर बैंकहरुलाई रकम लैजान आब्हान गरेको छ ।

नेपालको अर्थतन्त्रबारे गहिरो अध्ययन गरेका बज्राचार्यले रोचक तथ्यांक प्रस्तुत गर्दै अगाडि भने -पहिले बर्षदिनमा १० हजार गाडी आयात हुन्थ्यो, यस बर्षको तीन महिनामै कसरी ५० हजार गाडी आयो ? यसरी भईरहेको अनिनयन्त्रित गाडी आयातले पनि अर्थतन्त्रमा संकट ल्याएको छ ।

कार्यक्रममा केहीले बैंकहरुले उत्पादनमुलक क्षेत्र र पूँजी बजारमा प्रबाह हुने भन्दा सस्तोमा घरजग्गा र गाडी आयात कर्जा प्रबाह गरेर अर्थतन्त्रमा संकट थपेको चर्चा गरे । उनीहरुले पूँजी बजारलाई अनुत्पादक क्षेत्र भन्ने तर घरजग्गा र गाडी आयातमा भने निस्फिक्री कर्जा प्रबाह गर्ने बैंकहरु अहिलेको तरलता संकटप्रति मुख्य जिम्मेवार भएको तर्क गरेका थिए ।

बज्राचार्यले बैंकहरुको बित्तीय बिबरण हेर्दा सजिलै थाहा नपाईने तर राष्ट्र बैंकको तथ्यांक हेर्दा पैसा कहाँ गयो भन्ने तथ्यलाई सजिलै बुझ्न सकिने बताए ।

घर जग्गाको भाउ बढेर बैना, बैनामा कारोबार हुन थाल्नु र गाडीहरुका कारणले काठमाडौको सडक जाम हुनु अनुत्पादक क्षेत्रमा पैसा गएको प्रमाण हो, सहभागीहरुको भनाई थियो ।

केहीले सेयर बजारमा भएको नाफा सुरक्षित गरी घरजग्गा र गाडी खरिदतर्फ ।कम परिचालन गरेकोले पनि सेयर बजार सुस्ताउन भुमिका खेलेकाो उनीहरुको भनाई थियो ।

घरजग्गा र गाडी आयातमा गएको कर्जाले तरलता संकट बढाएको तर सेयर धितो कर्जाले पूँजी निर्माण र तरलता बढाउन सहयोग गर्ने तर्क उनीहरुले गरे ।

बैंकहरुले घरजग्गा क्षेत्रमा प्रबाह भएको कर्जाको सिमा नाघेको नदेखिने गरी ओभर ड्राफ्ट लगायतका शीर्षकमा कर्जा प्रबाह गरी ठूलो रकम अनुत्पादक क्षेत्रतर्फ परिचालन गरेको बताईन्छ ।

अहिलेको तरलता संकट लम्बिदै गएर घरजग्गा क्षेत्रमा पहिलेको जस्तै समस्या आएमा केही बैंकहरुलाई आपत्कालीन उद्धारको आबश्यकता हुने आँकलन गरिएको छ । पहिलेको मन्दीमा गोता खाएका केही बैंकहरु भने यही कुरा बुझेर अहिले घरजग्गा कर्जा प्रबाहमा सतर्क भएको बताईन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।