नेप्से स्थिर,कारोबार रकममा सामान्य गिरावट

Jan 11, 2017 merolagani

अघिल्ला दुई दिन लगातार दोहोरो अंकले बढेको सेयरबजार बुधबार स्थिर देखिएको छ । कारोबारमा आएका अधिकांस समूह सकारात्मक रहेपछि बजार स्थिर रहेको हो । बजार स्थिर रहेपनि कारोबार रकममा भने कमी आएको छ ।

बजार खुल्नासाथ उकालो लागेको नेप्से अढाई घण्टाको कारोबार पश्चात नकरात्मक देखिन थालेको हो । बुधबार नेप्से शुन्य दशमलव तीन नौ अंकले घटेर १४७६.५१ अंकमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम भने  करिब एक करोडले घटेको छ । यसदिन सेयरबजारमा १२० कम्पनीको ३६ करोड २५ लाख रुपैयाँ बराबरको सेयरकिनबेच भएको छ ।


बुधबारको कारोबारमा वाणिज्य बैंक, होटल, वित्त र अन्य समूह सकरात्मक रहेपनि बजार बढ्न सकेन । यसदिन विमा, विकास बैंक तथा जलविद्युत समूहका सूचक नकारात्मक रहे । सबैभन्दा धेरै विमा समूहको सूचक ५० अंकले घटेको छ ।

यसदिन सबैभन्दा धेरै कारोबार गर्ने नबिल ब्यालेन्स फण्ड एककोे ४ करोड ७४ लाख बराबरको सेयर किनबेच भयो । नेपाल लाइफले २ करोड ३६ लाख तथा एभरेष्ट बैंकले २ करोड ३३ लाख बराबरको कारोबार गर्दा अन्य कुनै पनि कम्पनीको कारोबार रकम दुई करोड नाघ्न सकेन ।

यसदिन सहयोगी विकास बैंकका लगनाीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतका दरले बढेको छ । सहारा विकास बैंकसँगको मर्जर भाँडिएपछि आजैबाट सहयोगीको नेप्सेमा कारोबार खुलेको हो ।

यता कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य भने लगात्तार तीनदेखि झण्डै दश प्रतिशतको हाराहारीमा बढेको छ ।जेबिल्स फाइनान्स, राष्ट्रिय विमा कम्पनीका संस्थापक सेयरधनी, हिमालयन जनरल इन्स्योरेन्स तथा नागरिक लगानीककोषका लगानीकर्ता पनि धेरै कमाउनेमा परे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।