हरियै भएर बन्द भयो सेयरबजार तर बढेन कारोबार

Jan 12, 2017 merolagani

यस साताको अन्तिम दिनको सेयरबजार पनि हरियै  भएर बन्द भएको छ । कारोबारमा आएका अधिकांस समूह सकारात्मक रहेपछि बजार सामान्य बढेको हो ।बजार बढेपनि कारोबार रकममा भने कमी आएको छ । ३८ प्रतिशत बोनस प्रस्ताव गरेको लक्ष्मी बैंकमा लगानीकर्ताको आर्कषण केही थपिएको छ ।

तिब्र उतार चढाबका बीच विहीबारको बजार अन्तत हरियो भएर बन्द भयो । बजार खुल्ना साथ बढेको बजार केही समयपश्चात ओरालो लागेको थियो। एक घण्टाको कारोबार अवधिपछि पुन उकालो लागेको बजार ३.३५ अंकले बढेर १४७९.८६ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने चार करोडले घटेको छ ।

यसदिन सेयरबजारमा १२० कम्पनीको ३२ करोड २७ लाख रुपैयाँ बराबरको सेयरकिनबेच भयो । सिभिल बैंकको एक करोड ४६ लाख बराबरको संस्थापक सेयरको किनबेचले कारोबार रकममालाई केही टेवा पुर्याएको छ । विहीबारको कारोबारमा होटल र अन्य बाहेक सबै समूह सकरात्मक रहेका छन् ।

यसदिन सबैभन्दा धेरै कारोबार गर्ने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम एकको ४ करोड ९४ लाख बराबरको सेयर किनबेच भयो । ३८ प्रतिशत बोनस प्रस्ताव गरेपछि लक्ष्मी बैंकको सेयरमूल्य बढेर ३ करोड ७७ लाख बराबरको सेयर किनबेच भयो । लक्ष्मी बैंकको ५० हजार कित्ता सेयर किनबेच भएको छ । सिद्धार्थ बैंक र नेपाल लाइफले पनि डेढ करोड बढिको कारोबार गरे ।

यसदिन खानिखोला हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतका दरले बढेको छ । ग्रिन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकको सेयरमूल्य पनि आठ प्रतिशत बढिले उकालो लागेको छ । ललितपुर फाइनान्स र अरुण फाइनान्स लगायतका कम्पनी पनि धेरै कमाउनेमा परे ।

यता लगात्तार तीनदेखि झण्डै दश प्रतिशतको हाराहारीमा बढेको कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य भने विहीबार दश प्रतिशतकै हाराहारीमा घटेको छ । मञ्जुश्री फाइनान्स,एनबि इन्स्योरेन्स लगायतका कम्पनी धेरै गुमाउनेमा परे।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।