साथै बैंकले साधारणसभा प्रयोजनका लागि माघ १२ गतेदेखि २८ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय समेत गरेको छ ।
गतबर्षको कमाईबाट कुनै पनी लाभांश प्रदान गर्न नसकेको बैंकले साधारणसभामा भने सेयरनीलाई एक बराबर चार कित्ताको अनुपातमा हकप्रदको भारी बोकाउने प्रस्ताव लैजाने भएको हो । हकप्रदपश्चात बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।
राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्थाले चालु आर्थिक बर्षको अन्त्यसम्म चुक्तापूँजी वृद्धि गर्ने प्रावधानका कारण बैंकले चार सय प्रतिशत हकप्रदको बाटो रोजेको हो । बैंकले गत जेठमा १० करोड रुपैंया चुक्तापूँजी पुर्याउन सर्बसाधारणमा ४ लाख ५० हजार कित्ता साधारण शेयर जारी गरेको थियो ।
बैंकले बागलुङ, म्याग्दी र कास्की जिल्लामा कार्यक्षेत्र बिस्तार गरी वित्तीय सेवा दिंदै आएको छ । बैङकको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्तापूँजी दश करोड रुपैयाँ रहेको छ ।साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारणको लगानी पुगेको छ ।