बैंकहरुको कर्जामा राष्ट्र बैंकको चासो,अनुउत्पादक क्षेत्रमा कर्जा बढेकोमा चिन्ता

Jan 16, 2017 merolagani

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विवेकशील तथा सावधानीपूर्ण तरिकाले कर्जा प्रवाह गर्न सचेत गराएको  छ । चालु आर्थिक बर्षको पछिल्लो पाँच महिनाको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले उत्पादन मुलुक क्षेत्रको कर्जा जोखिम युक्त क्षेत्रतर्फ उन्मुख रहेको संकेत गर्दे यस्तो निर्देशन दिएको हो ।


राष्ट्र बैंकका अनुसार पाँच महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजि क्षेत्र तर्फ कर्जा बिस्तार ३०.४ प्रतिशत बढेको उल्लेख छ । राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जा, सेयर कर्जा, घरजग्गा कर्जामा उल्लेख्य वृद्धि भएकोले यसमा चासो बढेको उल्लेख गरेको छ ।


उत्पादन मुलक क्षेत्रमा जाने कर्जा जोखिमयुत्तः क्षेत्रमा जानसक्ने भन्दै राष्ट्र बैंकले सावधानी तवरले कर्जा बिस्तार गर्न समेत बैंक तथा वित्तीय संस्थालाई सचेत गराएको छ । साथै राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा बढ्दै गएको बैंक ऋणले खराव कर्जा बृद्धि भएर वित्तीय क्षेत्र अप्ठेरोमा पर्न सक्ने संकेत गरेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।