मेगा र टुरिजम डेभलपमेण्ट बैंकबीच मर्जर सम्झौता, स्वाप रेशियो कति ?

Jan 20, 2017 Merolagani

मेगा बैंक (MEGA) र टुरिजम डेभलपमेण्ट बैंक (TDBL) ले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि एकआपसमा मर्जमा जाने निर्णय गरेका छन् । केही सातादेखि दुई बैंकका बीचमा मर्जरका सम्बन्धमा छलफल चलेकोमा बिहीबार औपचारिक रुपमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । बैंकहरुले मर्जर सम्झौतासँगै सेयर आदान प्रदान अनुपात अर्थात स्वाप रेशियो पनि टुङ्ग्याएका छन् ।

मर्जर सम्झौतामा जान मेगा र टुरिजमले बिहीबार दिनभरी म्याराथुन बैठकहरु गरेका थिए । सातादेखि चल्दै आएको मर्जरको विषयमा निष्कर्षमा पुर्याउन दुवै बैंकको सञ्चालक समिति तयार भए पछि बिहीबार बेलुका नै दुई बैंकका बिचमा मर्जर सम्झौता समेत भएको हो । मेरोलगानीस्रोतका अनुसार मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो १०० बराबर ९५ हुने गरी मर्जर सम्झौता भएको हो । सम्झौतामा मेगाको तर्फबाट सञ्चालक समितिका अध्यक्ष भोज बहादुर शाह र टुरिजमका सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले हस्ताक्षर गरेका हुन् ।

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन मेगालाई सहज नभएको अवस्थामा टुरिजमको साथ लिएर पूँजी बढाउन दुवै बैंक सकरात्मक बनेका हुन् । मेगा तथा टुरिजम बैंकका अधिकारीले मेगाको एक सय बराबर टुरिजमको ९५ प्रतिशत सेयर आदान प्रदानको सहमति भएको भन्दै सेयर कारोबार रोक्का गर्नका लागि नेप्सेलाई पत्राचार गरिएको बताए । यद्यपी कर्मचारी तथा सञ्चालकहरुको व्यवस्थापनका सम्बन्धमा भने कसरी अघि बढ्ने भन्ने जानकारी आईसकेको छैन ।

पश्चिामाञ्चल फाइनान्सलाई आफुमा गाभेर २५ प्रतिशत हकप्रद तथा १३ दशमलव २५ प्रतिशत बोनस बितरण गरेको मेगाले फेरि ६५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको थियो । उता मातृभूमि विकास बैंक तथा कालिञ्चोक डेभलपमेण्ट बैंकलाई एक्वायर गरेको टुरिजमले मर्जर पछि १८ दशमलव छ प्रतिशत बोनस पछि शतप्रतिशत हकप्रद जारी गरेर मात्र मर्जर अघि बढाउने छ । यस्तो गर्दा टुरिजमको मेगासँग मर्जरमा जानु अघि चुक्ता पूँजी दुई अर्ब १८ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ । उता मेगाको बोनस तथा ६५ प्रतिशत हकप्रद समेत निष्काशन भए पश्चात टुरिजमसँग मर्जर हुनु अघि सात अर्ब ५७ करोड रुपैंया पुग्नेछ ।

मेगा र टरिजम दुवैमा नेकपा एमाले निकटका व्यवशायी तथा बैंकरहरुको बाहुल्यता छ । दुई बैंक एक आपसमा मर्ज भए पश्चात राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउनेमा मेगा बैंक इन्भेष्टमेण्ट बैंक पछि दोस्रो बन्ने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।