ईन्भेष्मेण्ट बैंकको बोनस सेयर डिम्याट खातामा आएन ? यस्तो गर्नुहोस्

Jan 20, 2017 Merolagani

पछिल्लो समय कागजी सेयर प्रमाणपत्र भएकाहरुलाई पनि सुचिकृत कम्पनीहरुले डिम्याट खातामा नै बोनस सेयर उपलब्ध गराउने काम सुरु गरेका छन् । नेपाल ईन्भेष्टमेण्ट बैंक (NIB) ले पनि गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गरेको २० प्रतिशत बोनस सेयर सबै लगानीकर्ताको डिम्याट खातामा पठाउने भएको छ ।

गत भदौ २० गतेसम्म सेयर किनेका तथा कागजी सेयर धारण गरेका लगानीकर्तालाई बैंकले २० प्रतिशत बोनस तथा २१ प्रतिशत नगद लाभांस बितरण गरेको बैंकले कागजी प्रमाणपत्र लिएकाहरुलाई बोनस डिम्याट खातामा पठाउने भएको हो । डिम्याटमा नै सेयर भएकाहरुलाई गत पुस २९ गते बोनस सेयर डिम्याट खातामा पठाई सकिएको जनाउँदै बैंकले कागजी प्रमाणपत्र भएकाहरुलाई आफुसँग भएको सेयर डिम्याट गराई सोको विबरण उपलब्ध गराउन आग्रह गरेको छ ।

अहिलेसम्म कागजी सेयर भएकाहरुलाई कागजी रुपमा नै बोनस बितरण गरिएको भए पनि यस वर्षबाट सबै सेयर अभौतिक बनाएर लगानीकर्तालाई आगामी वर्षदेखि कागजी प्रमाणपत्र संकलन गर्न समस्या नहोस भनेर बैंकले सबै लगानीकर्तालाई बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा सम्पर्क राख्न आग्रह गरेको हो ।

ईन्भेष्टमेण्ट बैंकको कागजी सेयर प्रमाणपत्र भएकाहरुले कुनै पनि डिपीमा गई डिम्याट खाता खोलेर सोही स्थानबाट आफुसँग भएको सेयर अभौतिक गराई एनआईबिएल क्यापिटलमा सम्पर्क गर्दा सजिलो हुन्छ । एनआईबिएल क्यापिलमा पनि डिम्याट खाता खोल्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर रजिष्ट्रारकोमा नै डिम्याट खाता खोल्दा हुने फाइदा एउटा कामको लागि विभिन्न डिपीकोमा धाइरहनु पर्दैन, सबै काम सोही स्थानबाट हुन्छ ।

बैंकले सेयर धितो बन्धक राखी ऋण दिएका बैंक तथा वित्तीय संस्थाहरुलाई पनि बैंकले बितरण गरेको बोनस रोक्का गर्न आवश्यक प्रकृया पुरा गर्न आग्रह गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।