४१ सेयर दलाललाई बाहिरी जिल्लामा पठाउने नेप्सेको निर्णय,यस्तो छ शाखा बिस्तारको मापदण्ड

Jan 24, 2017 Merolagani



नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ४१ सेयर दलाललाई देशका बिभिन्न भागमा पठाउने निर्णय गरेको छ । स्टक ब्रोकर एशोसियशनसँगको समन्वयमा नेप्सेले ४१ सेयर दलाललाई १७ शहरमा कार्यालय स्थापना गरी सेयर कारोबार गर्न पठाउने निर्णय गरेको हो ।

५० सेयर दलालहरु मध्ये ९ वटाले यसअघि नै धरान, बिराटनगर, नारायणगढ, पोखरा, बुटवल, धनगढीसहितका शहरमा शाखा खोलि कारोबार संचालन गरिसकेकोमा अहिले बाँकी ४१ वटा सेयर दलाललाई उनीहरुले नै छानेको शहरमा शाखा कार्यालय स्थापना गर्न नेप्सेले स्वीकृति दिएको हो ।

दलाल व्यवसायीहरुको शाखा अर्थात ‘रिर्मोट वर्क स्टेशन’ थप गरी धितोपत्रहरुको दोस्रो बजार सेवालाई विस्तार गर्ने सम्बन्धमा नेपाल स्टक एक्सचेन्जले गतवर्ष देखि नै प्रक्रिया आरम्भ गरेको थियो । तर नेप्सेले रिर्मोट वर्क स्टेशन थप गर्नका लागि दलाल व्यवसायीहरुलाई विभिन्न शर्तहरु भने राखेको छ ।

नप्सेको निर्णय हेर्न यहाँ जानुहोस्

नेप्सेले तत्कालका लागि एक करोड रुपैयाँ नेटवर्थ भएको धितोपत्र दलाल व्यवसायीलाई मात्र रिर्मोट वर्क स्टेशन खोल्न दिने भएको छ । त्यस्ता कम्पनीहरुले २०७४ असार मसान्त सम्ममा चुक्तापुँजी २ करोड पु¥याउनु पर्ने व्यवस्था गरिएको छ । । पूँजी र नेटवर्थमा सुधार पश्चात मात्र शाखा कार्यालय संचालन गर्न पाउनेछन् । यसले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने नेप्सेको भनाई छ ।

साथै शाखा कार्यलयमा. कम्तीमा तीन थान कम्पुटर र त्यसका लागि पावर ब्याकअप भएको हुनुपर्ने , कार्यालयका लागि कम्तीमा ४०० वर्ग फिटको स्थान हुनुपर्ने , कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टाछुट्टै हुनुपर्ने, इमेल, इन्टरनेट, इन्ट्रानेट तथा सिसीटिभी जस्ता पूर्वाधारहरुको व्यवस्था हुनुपर्ने तथा कार्यालयका लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामग्रीहरुको यथोचित व्यवस्था भएको हुनुपर्ने लगायतका शर्तहरु समेत राखेको छ ।

शखाामा वाणिज्यशास्त्र वा अर्थशास्त्रमा कम्तिमा स्नातक वा चाटर्ड एकाउन्टेन्सी उतीर्ण गरेको व्यक्ति प्रमुख हुनुपर्ने र तीन जना अन्य सहयोगी कर्मचारीको व्यवस्था हुनुपर्ने नेप्सेको शर्त छ । यसैगरी दलाल व्यवसायीले मुख्य कार्यालयमा शाखाको कार्य हेर्नको लागि कम्पनी सचिव/ब्रान्च कोअर्डिनेटर÷ कम्पलायन्स अफिसरको व्यवस्था समेत गर्नुपर्नेछ ।

नेप्सेले गरेको व्यवस्था अनुसार दलाल व्यवसायीले शाखा कार्यालय मार्फत गरेको कारोबारको पूर्ण विवरण मुख्य कार्यालयले हेर्नसक्ने व्यवस्था गर्नुपर्नेछ । नेप्सेको कम्प्यूटरकृत कारोवार प्रणालीमा खरिद बिक्री आदेश अन्तराष्ट्रिय अभ्यास अनुरुप नै भईरहेको र थपहुने आरडब्लुएस बाट प्राप्तहुने आदेशहरु पनि सोही अनुसार कारोबार हुने ब्यवस्था गरिएको नेप्सेले जनाएको छ ।

दलाल व्यवासायीको शाखा विस्तारले राजधानी बाहिर रहेका लाखौ लगानीकर्तालाई दैनिक कारोबार गर्न सहज हुने र यसले सेयरबजारको विस्तार र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।