हकप्रद निष्काशन गरे पछि सेञ्चुरी बैंकले यस्तो गर्यो प्रगति, कसरी पुर्याउला ८ अर्ब पूँजी ?

Jan 26, 2017 Merolagani

गत आर्थिक वर्षमा नौ प्रतिशत बोनस तथा ३० प्रतिशत हकप्रद निष्काशन गरेर चुक्ता पूँजी बढाएको सेञ्चुरी कमर्शियल बैंकले कमाई पनि बढाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई अर्ब १२ करोड चुक्ता पूँजीलाई तीन अर्ब ६८ करोड रुपैंया पुर्याएको बैंकले समिक्षा अवधिमा खुद नाफा पनि १६ करोड सात लाख रुपैंयाबाट बढाएर २२ करोड ३९ लाख रुपैंया रुपैंया पुर्याएको छ ।

समिक्षा अवधिमा छ करोड ३१ लाख ७२ हजार रुपैयाँले बढेको हो । जगेडा कोषको आकार पनि बैंकले समिक्षा अवधिमा ४५ करोड ४१ लाखबाट बढाएर ८३ करोड ५९ लाख रुपैयाँमा पुर्याएको छ । तर पूँजीका आधारमा जगेडा कोषको यो आकार भने कमजोर अवस्थामा रहेको देखिन्छ । ५१ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले समिक्षा अवधिमा ब्याज आम्दानी १२ करोड ६४ लाख रुपैयाँ बढाएको हो । त्यसै गरी निक्षेप संकलन २४ अर्बबाट बढाएर ३२ अर्ब ६७ करोड ५७ लाख पु¥याएको बैंकले २९ अर्ब एक करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

निष्कृय कर्जा अनुपात शुन्य दशमलव ४७ प्रतिशत बनाएको बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ पैसा तथा प्रतिसेयर नेटवर्थ एक सय २२ रुपैयाँ ६६ पैसा रहेको छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि बैंकले अहिलेको अवस्थामा मर्जमा जानै पर्ने अवस्था देखिएको छ । जगेडा कोषको आकार सानो हुनु तथा फेरी हकप्रदको भारी बोकाउने अवस्था नहुनु लगायत कारणले बैंकले अरु कुनै विकल्पमा गएर मात्र चुक्ता पूँजी आठ अर्ब पुर्याउन सक्ने देखिन्छ ।

comments powered by Disqus