शिखर ईन्स्योरेन्सले शतप्रतिशत पूँजी बढाउँदा खुद नाफा कस्तो रह्यो ?

Jan 27, 2017 Merolagani

निर्जीवन बीमा कम्पनीमा अब्बल कम्पनीका रुपमा स्थापित हुँदै गएको शिखर इन्स्योरेन्स (SICL) ले चालु आर्थिक वर्षको पुस मसान्तमा उल्लेख्य मात्रामा कमाई बढाएको वित्तीय विबरण निकालेको छ । गत आर्थिक वर्षको यसै अवधिमा १० करोड ११ लाख रुपैंया खुद नाफा कमाएको इन्स्योरेन्सले यस पटक झण्डै आठ करोडले खुद नाफा बढाएर १८ करोड एक लाख रुपैंया खुद नाफा कमाएको छ । इन्स्योरेन्सको कमाईमा आएको यो वृद्धि ७८ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा चुक्ता पूँजी दोब्बरले बढाएर ४० करोड ८७ लाख रुपैंयाबाट ८१ करोड ७६ लाख ३८ हजार रुपैंया बनाएको इन्स्योरेन्सले व्यवशाय पनि उत्तिकै मात्रामा बढाएर कमाईमा उल्लेख्य सुधार गरेको हो ।

गत वर्षको कमाईबाट लगानीकर्तालाई ६० प्रतिशत बोनस बितरण गरेको इन्स्योरेन्सको जगेडा कोषको आकार भने खुम्चिएको छ । समिक्षा अवधिमा ४५ करोड ६० लाख रुपैंयाको जगेडा कोष बोनस बितरण पछि २० करोड ३२ लाख रुपैंयामा खुम्चिएको छ ।

७५ करोड ५१ लाख रुपैंयाको कुल बीमाशुल्क आर्जनलाई समिक्षा अवधिमा एक अर्ब ३३ करोड ९९ लाख रुपैंया पुर्याएको कम्पनीले प्रतिसेयर आम्दानी ४४ रुपैंया सात पैसा कायम गरेको छ ।

३६ करोड १५ लाख रुपैंयाको खुद बीमा शुल्कलाई समिक्षा अवधिमा ७५ करोड ८३ लाख रुपैंया पुर्याएको इन्स्योरेन्सले पुनर्बीमा कमिशन आय सात करोडबाट बढाएर १४ करोड रुपैंया पुर्याएको छ । लगानी कर्जा तथा अन्य आयमा पनि व्यापक सुधार गरेको कम्पनीले १९ करोड ६० लाख रुपैंयाको बीमा दाबी भुक्तानी गरेको छ । 

गत आर्थिक वर्षमा १० प्रतिशत नयाँ सेयर निष्काशन गरी जगेडामा लगानीकर्तालाई उच्चतम प्रतिफल दिने आधार बनाएर सोही अनुरुप इन्स्योरेन्सले ६० प्रतिशत बोनस बितरण गरेको थियो । फेरि इन्स्योरेन्सले १३ लाख भन्दा बढी कित्ता नयाँ सेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट गरे पनि एउटै कम्पनीलाई दोहोर्याएर एफपीओ निश्काशन गर्न दिनु नहुने पक्षमा धितोपत्र बोर्ड रहेकाले त्यसबारे अहिले यसै होला भन्न सकिन्न । 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।