आस्बा प्रणालीबाट सेयर आवेदन गर्न अब झनै सजिलो, कुन बैंक रोज्नु हुन्छ ?

Feb 05, 2017 Merolagani



नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई आस्बा प्रणालीबाट सेयर आवेदन संकलन गर्ने कामको अधिकार दिए पछि लगानीकर्ताहरुलाई सेयर आवेदन गर्न अब झनै सजिलो हुने भएको छ । आस्बा प्रणालीबाट सेयर आवेदनको काम गर्न गराउन बैंक तथा वित्तीय संस्थाहरु पनि उत्साहित बनेका छन् ।

केही दिनअघि सम्म ३४ बैंक तथा वित्तीय संस्थाले उक्त कामको अनुमति पाएकोमा अब ४१ बैंक तथा विकास बैंकहरुले सोको अनुमति पाएका छन् । फागुनबाट यो प्रणालीको अनुमति फाइनान्स कम्पनीहरुले पनि पाउँदै छन् । बोर्डका अनुसार ४१ बैंक तथा वित्तीय संस्थाका ७३ जिल्लामा रहेका एक हजार नौ सय ७१ शाखाहरुबाट लगानीकर्ताले कुनै पनि किसिमको निष्काशित सेयरका लागि आवेदन गर्न सक्ने छन् । हकप्रद भने यी बैंकबाट आवेदन नगरी तोकिएको केन्द्रबाट नै आवेदन गर्नु पर्ने हुन्छ ।

वाणिज्य बैंक तथा विकास बैंकहरुलाई मात्र समेटिएकोमा अब फाइनान्स कम्पनीलाई पनि आस्बा अनुमति दिने जनाएको बोर्डले सोको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नियमित रुपमा अरु बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आस्बा अनुमति दिंदै जाने लक्ष्य बोर्डले लिएको छ । मोबाइल एपमा यो सूची हेर्न नसक्नु भएको भए यहाँबाट हेर्नुहोस् ।





'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।