नेपाल हाइड्रो डेभलपरको आईपीओ बाँडफाँडको नतिजा हेर्नुहोस्

Feb 07, 2017 Merolagani

 दोलखाका आयोजना प्रभावितका लागि साधारण सेयर निष्काशन गरेको नेपाल हाइड्रो डेभलपरले सेयर बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले मेरोलगानीलाई उपलब्ध गराएको सेयर बाँडफाँडको नतिजा अनुसार  सबै आवेदकले सेयर पाएका छन् ।  मेरोलगानीको शीर्ष स्थानमा रहेको IPO>IPO Result मा गएर विबरण उपलब्ध गराई आफुलाई परेको सेयर विबरण थाहा पाउनु होस् ।

कम्पनीले आयोजना प्रभावितका लागि दुई लाख ६० हजार कित्ता सेयर निष्काशन गरेको थियो । उक्त सेयरका लागि चार हजार दुई सय १३ जनाले आवेदन गरी आठ लाख ६२ हजार एक सय ८० कित्ता सेयर माग गरेका थिए ।  सबै आवेदकलाई तीस दशमलव १६ प्रतिशतका दरले सेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । ५० कित्ताका आवेदकले १५ कित्ता सेयर पाएका छन् भने एक हजार कित्ताका आवेदकले दुई सय ९५ कित्ता सेयर पाएका छन् ।

साना लगानीकर्ताले ६० दशमलव ८४ प्रतिशत सेयरका लागि आवेदन गर्दा ठुलाले ३९ दशमलव १६ प्रतिशत मात्र सेयर माग गरेका कारण सबै आवेदकलाई ३०.१६ प्रतिशतको दरले सेयर बाँडफाँड गरिएको बताइएको छ । सेयरका लागि तीन दशमलव ३२ गुणा बढी आवेदन परेको थियो ।

 कम्पनीले दोलखाको भिमेश्वर ८,९ र ११, मागपौवा ५ र काटाकुटी ६ का बासिन्दाका लागि उक्त शेयर निष्काशन गरिएको थियो । ३.५ मेगावाट क्षमताको चर्नावती खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको कम्पनीको चुक्ता पूँजी १९ करोड ५० लाख रुपैंया  रहेको छ ।

 कम्पनीले सोही पूँजीको १५ प्रतिशत अर्थात ३ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्दैछ । त्यस पछि कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।

कम्पनीलाई इक्रा नेपालले कम्पनीको सेयर निश्काशनलाई  रेटिंग चार प्रदान गरेको छ । यसको अर्थ कम्पनीको वित्तीय अवस्थामा सामान्य मात्र रहेको बुझिन्छ । नेपाल उद्योग वाणिज्य महासंघ उर्जा समितिको सभापति ज्ञानेन्द्रलाल प्रधान हाइड्रो पावरको अध्यक्ष छन् भने महासंघका अध्यक्ष पशुपति मुरारका लगायत सञ्चालक रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।