एक्सेल र काँक्रेविकार विकास बैंकले दोस्रो त्रैमासमा यस्तो गरे प्रगति

Feb 09, 2017 merolagani



एक्सेल डेभलपमेन्ट बैंक (EDBL) र काक्रे बिहार बैंक (KKBL) ले गत आर्थिक वर्षको दास्रो त्रैमासको तुलनामा सुधारिएको वित्तीय विबरण प्रकाशित गरेका छन् । एक्सेलले गत वर्षको तुलनाभन्दा ८४ दशमलव ५० प्रतिशतले खुद नाफा बढाउँदा काक्रे बिहार बैंकले पनि आफ्नो कमाई १४८.८८ प्रतिशतले बढाएको छ ।

एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सात करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  गत वर्षको सोहि अवधिमा बैंकले चार करोड ५६ हजार रुपैयाँ कमाएको थियो ।

३० करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको एक्सेल बैंकले जगेडाकोषमा ३१ करोड १४ लाख रुपैयाँ राखेको छ । बैंकले यसअवधिमा चार अर्ब पाँच करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेर तीन अर्ब ५९ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट एक करोड ४८ लाख रुपैँया खुद नाफा र १० करोड २६ लाख रुपैँया सञ्चालन नाफा गरेको छ । 

बैंकको प्रतिसेयर आम्दानी वार्षिक ४८ दशमलव ०१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १२ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ७५ दशमलव २३ रुपैयाँ र तरलता अनुपात ४४ दशमलव २६ प्रतिशत रहेको छ ।

गत बर्षको यस अवधिमा एक दशमलव ३६ प्रतिशत खराब कर्जा रहेकामा घटाएर एक दशमलव ०३ प्रतिशत कायम गरेको छ । बैंकले प्रोभिजनमा दुई करोड आठ लाख रुपैयाँ राखेको छ भने एक करोड २४ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

उता कुमारी बैंकले किन्ने सम्झौता गरेको काँक्रेबिहार विकास बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासको २१ लाख ३८ हजार रुपैंया खुद नाफालाई बढाएर यस पटक ५३ लाख २१ हजार रुपैंया खुद नाफा कमाएको हो । छ करोड आठ लाख रुपैंया चुक्ता पूँजी तथा दुई करोड ५५ लाख रुपैंयाको जगेडा कोष रहेको बैंकको प्रतिशेयर आम्दानी १७ रुपैंया ४८ पैसा रहेको वित्तीय विबरण प्रकाशित गरेको छ ।

समिक्षा अवधिमा बैंकले ८२ करोड ८६ लाख रुपैँया निक्षेप संकलन गरि ५७ करोड पाँच लाख रुपैँया कर्जा परिचालनबाट एक करोड ९३ लाख रुपैँया खुद व्याज नाफा र ५४ लाख २६ हजार रुपैँया सञ्चालन नाफा गरेको छ । बैंकको खुद नाफा १६६.४० प्रतिशत र सञ्चालन नाफा ६७२.९३ प्रतिशतले बढेको हो ।

गत बर्षको यस अवधिमा शुन्य दशमलव ८५ प्रतिशत खराब कर्जा रहेकामा बढेर एक दशमलव ०१ प्रतिशतमा पुगेको छ । बैंकले प्रोभिजनमा ७४ लाख ७८ हजार रुपैयाँ राखेको छ भने २९ लाख ३५ हजार रुपैयाँ खराब कर्जा उठाएको छ । त्यस्तै मुल्य आम्दानीको अनुपात वार्षिक ४८ दशमलव ६८ गुणा, प्रतिशेयर नेटवर्थ एक सय १९ दशमलव २६ रुपैयाँ र तरलता अनुपात ४० दशमलव ०१ प्रतिशत रहेको छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।