सन्दर्भः एनआइसी एसिया बैंक र एकोहोरो प्रचारबाजीको जोखिम

Feb 12, 2017 Merolagani

दिलिप मुनांकर्मी

हामी नेपालीको बानी हो वा सामाजिक संस्कार जुनकुरा पनि एकपक्षीय र एकोहोरो सुन्छौं र गर्छौं । यहाँ प्रसंग एनआइसी एसिया बैंक (NICA) र सोसँग सम्बन्धित समाचारहरू ल्यार्इरहेका छौं । मलाइ भने निम्न कुरा सोच्न र लेख्न बाध्य गरायो ।

१. बुधबार एनआइसी एसिया बैंकले जुन तरिकाले आफ्नो स्वामित्वमा रहेको म्युचुअल फण्ड र नेसनल लाइफको शेयर लिलाग गर्ने सूचना निकाल्यो त्यो कानुनी रूपमा गलत र अपरिपक्व निर्णय थियो । त्यसको हामी सबैले विरोध गर्यौं र उसले त्यसलाइ स्वीकार गरी लिलामी रोक्यो पनि । यसलाइ पनि हामीले आवश्यक, अनावश्यक तर्क वितर्क गर्यौ, कतिले एनआर्इसी एसियाले सबै शेयर नै लिलाम गरे जसरी पनि समाचार बनाए । म्युचुअल फण्डको युनिट र शेयरको कित्ता समेत नबुझेर वा बुझपचाएर टिकाटिप्पणी भए ।

२. यो सँगै जोडेर व्याजको कुरा उठ्यो । हो, उसले निकै छिटो अन्तरालमा व्याजदरमा परिवर्तन गर्न थाल्यो जुन गलत हो र यसको आफ्नै तरिकाले समाधान गर्ने बाटो छ । जहाँसम्म व्याज बढेको छ, उसको मात्र होइन अहिले समग्र ऋणमा व्याज बढेको छ । यहाँ के विर्सनु भएन भने सबै बैंकले जस्तै एनआर्इसी एसियाले पनि व्याज बढाएको हो । हामीले ऋण लिँदा नै प्रचलित वा तोकिएको व्याज तिर्न राजी भएर नै ऋण लिएका हौं, त्यसमा एनआर्इसीले केही बढी फाइदा लिन खोजेको हो वा उसको बाध्यात्मक अवस्था उसले जान्ने कुरा हो । हामीले उसको व्याज चित्त नबुझेको अवस्थामा ऋण चुक्ता गर्ने वा अन्य संस्थामा सार्ने विकल्प छन् र त्यो उपाय अपनाउन एनआर्इसी एसिया मात्र होइन अरूले पनि रोक्न सक्दैन ।

३. मार्जिन कल र धितोमा राखेको शेयर लिलामी गरिएको भन्ने खवर र त्यसमा लगानीकर्ता संघको ध्यानाकर्षण भएको खवर समेत विज्ञप्ति प्रकाशित भएको छ । हामी ऋणी वा शेयर धिता कर्जा लिने व्यक्तिले के सम्झौता गरेका हुन्छौं भने शेयरको मूल्यमा उतारचढावका कारण धितोले नखामेमा थप शेयर धितो दिने वा ऋणको सीमा घटाउन मन्जुर भएका हुन्छौं । पक्कै पनि जसले साउन ( भदौ तिर शेयर धितोमा ऋण लियौं अहिले शेयरको मूल्यमा आएको गिरावटका कारण हाम्रो धितोले ऋण खाम्दैन, यो अवस्थामा बैंकले मार्जिन कल गर्नु स्वभाविक हो ।

जहाँसम्म शेयरधनीको स्वीकृति वा जानकारी बिना शेयर विक्री गरियो भन्ने सवाल छ, यदि यस्तो भएको हो भने त्यो पूर्णतः गैरकानुनी हो र यसमा कानुनी उपचार होला नै । तर बैंकले मार्जिन कल गर्दा नतिरे वा भाखा नाघेमा धितो लिलाम गर्न हामीले ऋण लिँदा नै स्वीकार गरेका हुन्छौं । जहाँसम्म सूचना एसएमएस वा फोनबाट आएको कुरा छ, कानुनमा के छ त्यसलाइ अपनाऔं । कानुनमा नै चिठीबाट लिखित सूचना दिनुपर्ने लेखिएको र बैंकले नदिएको हो भने कानुनी बाटो समातौं होइन भने अहिलेको सूचना प्रविधिको जमानामा हामी यसलाइ समाएर अर्घेल्याइ गर्नु हुन्न । यदि त्यस्तो हो भने हामीले अनलाइन सूचना मात्र होइन कारोवार पनि गर्नु हुन्न भन्ने अवस्थामा पुग्छौं ।

४. ल ठीक छ, एनआईसीले गल्ति नै गर्यो, चाहे त्यो व्याजको सवालमा होस वा लिलामी वा शेयर विक्री त्यसको उपचार भनेको कानुनी र सुधारात्मक बाटो हुनु पर्छ । आज जसरी हामी एनआर्इसी एसिया बन्द नै गर्नु पर्छ भने जसरी कराइरहेका छौं यसले एनआइसी एउटा बैंक मात्र होइन सबै बैंक प्रति अविश्वास बढाउने काम गरिरहेका छौं । के एनआर्इसी एसिया त्यति कमजोर होला र उसले सबै कानुन मिचेर काम गर्न, अनि हाम्रा नियामकहरू त्यतिकै टुलुटुलु हेरर त बस्दैन नि । बुधवारै घटनामा सेवोनले तुरून्त चिठी लेख्यो त । विना सूचना वा मार्जिन तिर्दा तिर्दै शेयर विक्री गरेको हो भने सेवान र नेपाल राष्ट्र बैंकमा उजुरी गरौं । त्यहाँबाट नभए अदालत छ । तर सम्पूण वित्तीय क्षेत्रमा नै असर पुग्ने गरी एकपक्षीय आरोप प्रत्यारोप र गाली गलौज नगरौं । कुनै पनि संस्थाको पनि आफ्नै इज्जत हुन्छ, उसले भोलि मान हानीको मुद्दा हाल्ला ।

५. मलाइ त कतै नियोजित रूपमा नै शेयर बजार ध्वस्त बनाउने श्रृंखला कै एउटा क्रम त होइन भन्ने लाग्न थालेको छ । हामी सचेत हुनै पर्छ गल्ति औंल्याउनु पर्छ तर आज एनआइसी बन्द हुनु भनेको समग्र बैंक तथा वित्तीय क्षेत्र पनि तहसनहस हुनु हो । यो अवस्था आएमा अहिले १८०० बाट १३०० आउँदा जसरी अत्तालिएका छौं, हामी कहिले उठन नसक्ने अवस्थामा पुग्छौं ।

नोटः म एनआईसीको प्रवक्ता पनि होइन र प्रायोजित पनि छैन । मेरो तर्क केवल एकजना लगानीकर्ताको रूपमा व्यक्त नितान्न व्यक्तिगत विचार हो । यसमा असहमत हुने पुर्ण अधिकार तपाइहरूसँग छ ।

(सेयर बजारका लगानीकर्ता मुनाकर्मीको यो लेख सामाजिक संजालबाट लिईएको हो- सम्पादक )

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।