७१ अर्बको थप सेयर लगानीकर्ताले अब किन्न सक्दैनन, पूँजी बृद्धिको म्याद थपौं (तथ्य विवरणसहित)

Feb 14, 2017 Merolagani

तिलक कोइराला परमेश्वर अधिकारी 

निरन्तर ओरालो लागिरहेको सेयर बजार अरु झार्न यस्तो लेख्यो भन्ने आरोप नलगाउनुहोला, हामी यथार्थ विवरणसहित नियमनकारी निकायहरुलाई आग्रह गर्दछौ - ७१ अर्बको थप सेयर अब  लगानीकर्ताले किन्न सक्दैनन्, त्यसैले पूँजी बृद्धिको म्याद थर्पौं ।   हेर्नुहोस् तथ्य विवरण 

 ७१ अर्बको थप सेयर बिक्रीमा यसरी आउँदैछः

सेयर बजार खस्कदै गएर दोस्रो बजारबाटै साधारण सेयरको लागतमा सेयर किन्न सकिने अबस्था आएको बेला ७१ अर्ब रुपैयाँ बराबरको हकप्रद र थप नयाँ साधारण सेयर ( एफपीओ) आउँदा बजारले धान्न सक्दैन । यस अघि हकप्रद जारी गरेका कम्पनीका संस्थापक र साधारण सेयरधनीले मुस्किलले आफ्नो हिस्सा वापतको सेयर किने पनि अब यही ढंगले बजार खस्कदै जाने हो भने कयौं कम्पनीहरुको हकप्रद नबिक्ने संभावना बढेको छ । त्यसमाथि सेयर धितो कर्जा बन्द र चालु रहेका कर्जाधारीलाई पनि मार्जिन कलले सताउने क्रम बढ्दा धेरै घाटा खाएर सेयर बेच्नु परेको अबस्था छ । सर्बसाधारणले एफपीओ र साधारण सेयर निश्काशनमा उल्लेखनीय सहभागिता जनाईरहेका छन् भन्ने तर्क गर्ने हो भने पनि बजार मूल्य भन्दा महंगोमा एफपीओ किन्न कोही तयार नहुने अबस्था आएको छ । त्यसैले बैंक तथा बित्तीय संस्थाहरुको पूँजी बृद्धिमै यसले मार पार्ने निश्चित छ ।

७१ अर्ब रुपैयाँ बराबरको साधारण सेयर ( आईपीओ) निश्काशन हुने हो भने बजारले पचाईदिन पनि सक्थ्यो तर त्यसमा आईपीओको हिस्सा २१ करोड रुपैयाँ बराबर मात्रै र बाँकी हकप्रद र एफपीओ भएकाले अबस्था डरलाग्दो देखिएको हो ।  झण्डै ६० अर्ब रुपैयाँको हकप्रद छ भने ११ अर्बको एफपीओ छ । 

सानिमा, सिटिजन्स लगायतका ठूला बाणिज्य बैंकले यसअघि ल्याएका ठूला हकप्रद र नेपाल लाईफको एफपीओलाई बजारले पचायो भन्दैमा चुप लाग्ने अबस्था छैन । पहिले र अहिलेको स्थििति धेरै फरक छ किनभने हिजो धेरै हकप्रद आउने भयो भनेर उफ्रिनेहरु सुस्ताएर लाखापाखा लागिसकेका छन् । 

२०७४ असार मसान्त आउन अझै पाँच महिना बाँकी छ, पूँजी नपुर्याउनेलाई कारबाही गरौला भनेर राष्ट्र बैंक बस्नु घातक हुनेछ । एकातिर तरलता अभावको समस्या समाधान गर्न नसक्ने र अर्कोतिर सेयर धितो कर्जामा बन्देज लगाउने कामले बैंक तथा बित्तीय संस्थाका लगानीकर्तालाई दोहोरो समस्यामा पारेको छ । यस्तो अबस्थामा राष्ट्र बैंक कारबाहीको डण्डा लिएर मात्रै बस्ने तर समय छदै तार्किक निष्कर्षमा नपुग्ने हो भने गभर्नर डा. चिरन्जिवि नेपालको क्रान्तिकारी निर्णय क्षमतामा प्रश्न उठ्ने छ । 

बैंक तथा बित्तीय संस्थाहरुलाई मर्ज र एक्विजिशनमा जान बाध्य पार्न नसक्नु र जत्तिसुकै हकप्रद र एफपीओ जारी गर्ने प्रस्ताव ल्याए पनि सहमति जनाउनुको दोष राष्ट्रबैंकले सकार्नेपर्छ । नेपालको बैकिड. तथा पूँजी बजार क्षेत्रलाई थप खस्कन नदिन स्टान्डर्ड चार्टर्डको धितोपत्र बोर्डबाट स्वीकृति भएको एफपीओलाई तत्काल जारी हुन रोकेर यो प्रक्रियाको सुरुवात गर्नेपर्छ । हकप्रद र एफपीओको ओईरो नरोक्ने हो भने बजारले धान्न सक्दैन । 

 हकप्रद सेयर जारी गर्न लागेका यी कम्पनीहरु हेरौंः 

 

यहाँ समाबेश गरिएका तथ्य बिबरणहरु धितोपत्र बोर्डको वेभसाईटबाट लिईएको हो । 

यहाँ समाबेश गरिएका तथ्य बिबरणहरु धितोपत्र बोर्डको वेभसाईटबाट लिईएको हो । 

 

यहाँ समाबेश गरिएका तथ्य बिबरणहरु सम्बन्धित कम्पनीहरुको साधारणसभा र संचालक समितिको निर्णयमा आधारित छन् ।

यहाँ समाबेश तथ्यहरु सम्बन्धित  कम्पनीको संचालक समितिबाट पारित भई सार्वजनिक भएका निर्णयहरुमा आधारित छन् । 

यी कम्पनीहरुको  हालको चुक्ता पूँजी र राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यतालाई मध्यनजर गरी मर्ज र एक्विजिशनलगायतको विकल्प नभएको अबस्थामा थप हकप्रदको आंकलन गरिएको हो । 

नेपाल लाईफको एफपीओ आबेदनमा ठूलो रकम फसेको बेला धितोपत्र बोर्डले अर्को ठूलो कम्पनी स्टान्डर्ड चार्टर्डलाई एफपीओ निश्काशनको स्वीकृति दिएपछि तरलता अभावको त्रास अरु बढेको छ । 

अरु कम्पनीहरुले पनि एफपीओका लागि बोर्डमा आबेदन गरेका छन् । 

अरु धेरै कम्पनीहरुले साधारणसभाबाट एफपीओ प्रस्ताव पारित गराएर धितोपत्र बोर्ड जाने तयारी गर्दैछन् । 

तथ्य बिबरणहरु कम्पनीको साधारण सभाले गरेको निर्णय र अन्य स्रोतबाट प्राप्त भएका हुन् । 

अपी, अरुण भ्याली लगायतका कम्पनीहरुको बिबरण धितोपत्र बोर्डबाट लिईए पनि तत्काल स्वीकृति नआउने अबस्था छ ।

 तथ्य बिबरणको स्रोतः धितोपत्र बोर्डको वेभसाईट

साधारण सेयर निश्काशनका लागि धितोपत्र बोर्डमा आबेदन गरेका आँखुखोला, जोशी हाईड्रो लगायतको बिबरण समाबेश गरिएको छैन ।

नोटः समाचारको बाहिरी आबरणमा देखाईएको स्केच financial.com बाट साभार गरिएको हो । 

comments powered by Disqus