ऋण लिंदा बित्तीय बिबरण ढाँट्नु भएको छ ? अब बैंकिड. कसुर लाग्ला

Feb 21, 2017 Merolagani

तपाईले बैंक तथा बित्तीय संस्थाबाट कर्जा लिँदा एउटा र अरु निकायमा अर्कै बित्तीय बिबरण पेश गर्नुभएको छ भने अब कारबाही सामना गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकले मंगलबार जारी गरेको मौद्रिक नीतिको समीक्षामा कुनै पनि ऋणीले पेश गरेको बित्तीय बिबरणहरु एक भन्दा बढी पाईएमा त्यस्तो कार्यलाई कसुर मानिने बैंकिड. कसुर सम्बन्धी ऐन २०६४ को संशोधनले ब्यवस्था गरेको उल्लेख छ ।

सो ब्यवस्था अनुसार दोहोरो बित्तीय बिबरण तयार गरेर कर्जा लिने ऋणीको कर्जालाई खराब कर्जामा बर्गीकरण गरेर शत प्रतिशत नोक्सानी ब्यवस्था गर्नुपर्ने र तत्काल असुली प्रक्रिया अबलम्बन गर्नुपर्ने भएको छ ।

कतिपय ऋणीले कर कार्यालयमा एउटा बित्तीय बिबरण पेश गर्ने र कर्जा लिँदा बैंकमा अर्को बिबरण पेश गर्ने गरेको गुनासो आईरहेको सन्दर्भमा नयाँ ब्यवस्थाले कति ऋणीलाई असर गर्छ भन्ने कुरा यकिन हुन सकेको छैन ।

नयाँ ब्यवस्थाले दोहोरो बित्तीय बिबरण पेश गरी कर्जा लिएकाहरु बेलैमा सचेत भई कर्जा भुक्तान गर्नेतर्फ लाग्नुपर्ने देखिएको छ ।

केही समय अघि चितवनको नारायाणगढमा एक कपडा ब्यवसायीले बैंकमा कर्जा लिँदा एउटा र कर कार्यालयमा अर्को बिबरण पेश गरेपछि ठूलो बिबाद सिर्जना भएको थियो ।

comments powered by Disqus