सेती फाईनाइन्सको साढे दुई लाख कित्ता सेयरमा बोलकबोल खुला

Feb 22, 2017 merolagani

सेती फाईनाइन्स (SETI) ले बुधबारबाट हकप्रदमा नबिकेको दुई लाख ४९ हजार नौ सय १८ कित्तामा बोलकबोल खोलेको छ । फाईनाइन्सले ६६ हजार छ सय ८२.१४ कित्ता साधारण तथा एक लाख ८३ हजार दुई सय ३५.८६ कित्ता संस्थापक सेयर बोलकबोल मार्फत बेच्न लागेको हो ।

बेलकबोलमा आवेदन बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल र सेती फाईनाईनान्सको कार्यालय टिकापुर कैलालीबाट फागुन १९ गतेसम्म आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ ।

ईच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैँयाभन्दा माथि अंकित गरि एक सय कित्ताभन्दा बढि सेयरका लागि आवेदन गर्न सक्नेछन् । बोलकबोल फागुन २२ गते तीन बजे क्यापिटलको कार्यालय लाजिम्पाटमा खुला हुनेछ ।

सेती फाईनाईन्सले कात्तिक नौ गतेसम्म कायम रहेका सेयरधनीलाई मंसिर १ गतेदेखि पुस ५ गतेसम्म एक बराबर एक दशमलव पाँच अनुपातमा नौं लाख ५१ हजार सात सय ८६ कित्ता हकप्रद निष्काशन गरेको थियो ।

उक्त क्रममा फाइनान्सको दुई लाख ४९ हजार नौ सय १८ कित्ता सेयरमा हकप्रद आवेदन नपरेपछि बोलकबोल मार्फत बेच्न लागेको हो । फाईनाइन्सको सेयर मंगलबार धितोपत्र बजारमा एक सय ६४ रुपैँयामा कारोबार भएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।