कृषि विकास बैंकको लिलामीको सेयरमा आवेदन गर्ने आज अन्तिम दिन

Feb 23, 2017 Merolagani

कृषि विकास बैंक (ADBL) ले लिलाममा राखेको झण्डै २० लाख कित्ता सेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्दा नबिकेको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता माघ २७ गतेदेखि लिलाममा राखेको थियो । सेयर लिलाम प्रकृयामा सहभागि हुन चाहनेले बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एक क्यापिटलमा आज बैंकिंग समय भित्रमा सम्पर्क राख्नु पर्ने हुन्छ ।

बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म दुई बराबर एक कित्ताको अनुपातमा एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो । जसमध्ये हकप्रदमा आवेदन नपरेको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता सेयर लिलाममा राखिएको हो । बोलकबोलमा सहभागि हुन न्युनतम एक सय कित्तादेखि बढीमा १० हजार कित्तासम्म सेयर माग गर्नु पर्ने हुन्छ ।

त्यस्तै लगानीकर्ताले न्युनतम एक सय रुपैँया र त्यसभन्दा बढि रकमको अंकित मुल्य गरि बोलकबोल आवेदन गर्न सक्नेछन् । लिलामीको नतिजा विक्री प्रबन्धक एस क्यापिटलले फागुन १३ गते शुक्रबार खोल्ने बताएकोमा शुक्रबार सार्वजनिक विदा परेका कारण आइतबार मध्यान्ह तीन बजे खोलिने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।