सनराइज बैंकका सेयरधनीले यसरी पाउने भए सास्ती

Feb 23, 2017 Merolagani



सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्षको कमाईबाट बितरण गरेको बोनस पाउने अधिकांस लगानीकर्ताले झण्झटिलो प्रकृया पुरा गरेर मात्र बोनस सेयर पाउने भएका छन् । बैंकले गत असार ३० गते पछि सेयर किनेका लगानीकर्तालाई पूँजीगत लाभकर तिरे पछि मात्र बोनस सेयर डिम्याट खातामा पठाउने भएको हो ।

आयकर ऐन अनुसार बैंकले बोनसमा लाग्ने करमा छुट पाए पछि लगानीकर्ताको थाप्लोमा पूँजीगत लाभकर थपिएको हो । जसका कारण असार ३० गते पछि सेयर किनेकाहरुले अझै डिम्याट खातामा बोनस सेयर पाउन नसकेका हुन् ।

नारायणी नेशनल फाइनान्सलाई आफुमा गाभेको बैंकले सोही मर्जरको कारण आयकरमा छुट पाए पछि पूँजीगत लाभकरको भार लगानीकर्तामा थपिएको हो । बैंकले गत वर्षको कमाईबाट ३३.३३ प्रतिशत बोनस सेयर बितरण गरेको थियो । उसले नेप्से तथा केन्द्रीय निक्षेप प्रणालीमा उक्त बोनस सेयर सुचिकृत भईसकेको जनाउँदै लगानीकर्ताको डिम्याट खातामा पठाई सकिएको जनाएको छ ।

अब तपाई आफ्नो डिम्याट खातामा बोनस सेयर आएको छ छैन खोजी गर्नु होस् । यदि आएको छैन भने लाग्नु होस् पूँजीगत लाभ कर तिर्न बैंकतिर । बैंकले कमलपोखरी शाखाको खाता नम्बर ०६९ ०३७ १११ ४७० १००१ (एनसीएम सनराइज बोनस ट्याक्स ७२।७३) मा लाभ कर तिरेर सोको सक्कल भौचर पेस गरे पछि मात्र बोनस सेयर खातामा पठाउने प्रष्ट पारेको छ । यसबाट  जति सेयर भएकाहरुले पनि फेरी पुरातन शैलीमा लाइन लागेर पैसा जम्मा गरिसकेर भौचर बुझाउन फेरी अर्को पटक लाइन लाग्नु पर्ने भएको हो ।

असार ३० भन्दा पहिले सेयर किनेर डिम्याट खातामा उक्त सेयर जम्मा भैसकेका लगानीकर्ताको हकमा यो व्यवस्था लागू नहुने भन्दै उसले त्यस्ता लगानीकर्तालाई डिम्याट खातामा बोनस नआएको भए बैंकको बिक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैंकिंगको कार्यालय कमलपोखरीमा सम्पर्क गर्न भनेको छ ।

सनराइजले नारायणी नेशनल फाइनान्सलाई खरिद गरे पछि आयकर ऐनको व्यवस्था अनुसार बितरित बोनसमा आफुले लाभकर नतिरेको हो । आयकर ऐन २०४८ अनुसार मर्ज वा एक्यावर भएका संस्थाका सेयरधनीले लाभांशमा दुई वर्षसम्म लाभकर तिर्न नपर्ने व्यवस्था छ ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।