ओम र मनास्लुले चैत १ गते बोलाए विशेष साधारणसभा,मर्जपछि ३० प्रतिशत हकप्रद पारित गर्दे

Feb 26, 2017 merolagani

ओम डेभलपमेन्ट बैंक (ODBL) र मनास्लु विकास बैंक (MSBBL) दुबैले एक आपसमा गाभ्ने गाभिने र मर्ज पश्चात ३० प्रतिशत हकप्रद निष्काशन गर्ने मुख्य प्रस्ताव राखेर चैत १ गते विशेष साधारणसभा डाकेका छन् ।

पोखरामा केन्द्रीय कार्यालय रहेको ओम र गोर्खा मा मुख्य कार्यालय रहेको मनास्लु एक आपसमा मर्ज हुन लागेका हुन् । मर्ज गर्ने प्रयोजनका लागि उनिहरुले पाँच बर्षे व्यवसायिक योजना तथा सर्वेक्षण समेत पारित गर्देछन् ।

हाल ओमको चुक्ता पूँजी एक अर्ब ३६ करोड र मनास्लुको चुक्ता पूँजी ३० करोड रुपैँया रहेको छ । मर्जर पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब ६४ करोड ३९ लाख रुपैँया चुक्ता पूँजी पुग्नेछ । बैंकले प्रस्ताव गरेको ३० प्रतिशत हकप्रद सेयर जारीपछि बैंकको चुक्ता पूँजी दुई अर्ब १३ करोड ७० लाख रुपैँया पुग्नेछ । त्यसपछि चालु आर्थिक बर्षको कमाईबाट दिईने बोनसबाट चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउने योजना बैंकको रहेको छ ।

ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको पौष मसान्तसम्म १९ करोड २ लाख खुद नाफा गरेको छ भने उता मनास्लुले पौष मसान्तसम्ममा तीन करोड सात लाख रुपैयाँ खुद मुनाफा गर्न सफल छ ।

राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकको भर्खरै खोलेको जोमसोम सहित २६ वटा शाखा रहेका छन् भने नयाँ ५ वटा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । मनास्लुको नौ शाखा रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।