बैंकले २५ प्रतिशतले हुन आउने सात करोड ६९ लाख १२ हजार रुपैँयाँको बोनस सेयर बाँड्न लागेको हो । बैंकले कर प्रयोजनका लागि एक दशमलव ३१ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाँदैछ । २५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।
यसका साथै बैंकले बोनसपछिको चुक्तापूँजीको ५० प्रतिशतको हकप्रद प्रस्ताव पनि लैजाँदैछ । बैंकले १९ करोड २२ लाख ८१ हजार रुपैँयाको हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
बैंकले सेयर स्वाप अनुपात ५१:४९ बनाउन लागेको छ । हाल ७० प्रतिशत रहेको संस्थापक सेयरबाट १९ प्रतिशत बराबरको सेयर सर्वसाधारणमा सेयरमा परिणत गर्न प्रवन्धपत्र र नियमावली संसोधन गर्न लागेको हो । साथै सभाले गत आर्थिक बर्षमा सार्वजनिक उत्तरदायित्व अन्तगर्तको खर्च सिमा २०६३ को व्यवस्था गरेभन्दा नाघेकाले यस वापतको रकम दुई लाख १४ हजार रुपैँया समेत अनुमोदन गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि बैंकको १८५ औं सञ्चालक समितिको बैठकले चैत सात गतेदेखि १९ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । विर्तामोड झापामा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सात करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ४८ रुपैयाँ पुर्याएको छ ।