नेपाल लाईफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस पारित गर्न कहिले बोलायो साधारणसभा ?

Mar 01, 2017 merolagani

नेपालको जीवन बिमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी नेपाल लाईफले इन्स्योरेन्स (NLIC) ले चैत १४ गते १७ औं बार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्सले एफपीओले समेत पाउने गरि २५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा लैजादैँछ ।

कम्पनीले गतबर्षको कमाईबाट ६१ करोड ९२ लाख ८५ हजार ७२५ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ हजार ९८६ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्ने भएको हो ।

एफपीओ बाँडफाँडको संघारमा रहेको कम्पनीको २४४ औं सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले साधारणसभाको मिति तय गरेको हो । कम्पनीको साधारणसभा चैत १४ गते होटल भिष्वा, वीरगञ्जमा हुनेछ ।

दुई अर्ब ४७ करोड ७१ लख चुक्ता पूँजी रहेको चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा इन्स्योरेन्स कम्पनीले १५ करोड ३० लाख रुपैयाँ खुँद नाफा गरेर प्रतिसेयर आम्दानी १४ रुपैयाँ १३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।