आईपीओ निष्काशनको अनुमति माग्दै छ्याङ्दी हाइड्रो पुग्यो धितोपत्र बोर्ड

Mar 01, 2017 merolgani

लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि दुई लाख ७० हजार कित्ता साधारण सेयर बाँडफाड गरिसकेपछि छ्याङ्दी हाइड्रोपावर कम्पनी साधारण सेयर निष्काश्नको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।  स्थानीयलाई सेयर बाँडफाँड गरेको तीन दिनपछि कम्पनी बोर्डसँग आईपीओ नियकाशनको अनुमति माग्न बोर्ड पुगेको हो । 

कम्पनीले पाँच लाख ४० हजार कित्ता आइपीओ एक सय रुपैँयामा निष्कासनका लागि पुँजी बजार नियामक धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइ क्यापिटल रहेको छ ।
गत फागुन ९ गते स्थनीयको लागि निष्काशन गरेको सेयरको बाँडफाँट गरिसकेको छ । जसमा चार हजार तीन सय ६३ जना सबै आवेदकले सेयर प्राप्त गरेका थिए ।

छ्याङ्दी हाइड्रोको साधारण सेयर बाँडफाँड (बाँडफाँड मोडल सहित)

लमजुङकोे फलेनी र वन्सार गाविसको मध्य भागमा रहेको छन्दी खोलामा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ ।

comments powered by Disqus