लक्ष्मी बैंकले शुरु गर्यो ‘अनफिक्स्ड’ मुद्दती खाता,मुद्दतीको लाभ बचतको सुविधा

Mar 02, 2017 merolagani

लक्ष्मी बैंक (LBL) ले ‘अनफिक्स्ड’ मुद्दती खाताको सुरुवात गरेको छ । ग्राहकहरुलाई मुद्दती खातामै बचत खाताको पनि लाभहरु प्रदान गरिने बैंकले जनाएको छ । यो खातावालले तरलता र उच्च ब्याजदर दुवै प्रकारका सुविधा पाउने बैंकले जनाएको छ ।



‘अनफिक्स्ड डिपोजिट’ खाताले ग्राहकहरुको जम्मा रकमलाई उक्त खातामा अटोमेटिक ट्रान्स्फर मार्फत पठाई २ वर्षको नयाँ मुद्दती खाता खोली बैंक धाइ राख्नुपर्ने वा आवेदन फारम भर्ने झन्झट बिना नै उनीहरुलाई उच्च ब्याजदर प्राप्त गर्न मद्दत गर्छ ।

साथै, यस स्किम अन्तर्गत बचत खातामा कारोबार गर्ने रकम कम भएमा उक्त कम देखिएको रकम मुद्दती खाता तर्फबाट स्वचालित ढंगले प्रि(म्याच्योर भई बचत खातामा ट्रान्सफर गरिने छ । जसले गर्दा ग्राहकको ‘अनफिक्स्ड’ मुद्दती खातामा पनि बचत खाताको जस्तै तरलता प्राप्त हुनेछ ।

यो नयाँ योजना बैंकका सम्पूर्ण पुराना तथा नयाँ ग्राहकहरुको लागि प्रारम्भिक वार्षिक ब्याजदर १० प्रतिशतमा उपलब्ध गराउने बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।