ग्लोबल आईएमई बैंकले झण्डै १६ प्रतिशत बोनस दिने

Mar 08, 2017 Merolagani

ग्लोबल आईएमई बैंक(GBIME)ले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई १५।७६ प्रतिशत बोनस दिने भएको छ । बैंक सञ्चालक समितिले लाभांश बितरण र अन्य प्रस्ताव पारित गर्न दशौं बार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा चैत २१ गते बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको छ ।

बैंकको दशौं बार्षिक साधारणसभामा १५।७६ प्रतिशत बोनसका स्वीकृत गर्नुका साथै सञ्चालक समितिको निर्वाचन गर्ने र आवश्यक भएको खण्डमा उपयुक्त बैंक तथा वित्तिय संस्था एक्वायर गर्न अख्तियारि प्रदान गर्ने एजेण्डा प्रस्ताव गरेको छ ।

साधारणसभा प्रयोजनका लागि बैंकले आगामी चैत ७ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ ।  चैत ६ गतेसम्म कायम भएका सेयरधनीले बैंकले प्रस्ताव गरेको बोनसका प्राप्त गर्नुका साथै साधारणसभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।

बैंकले हालैमात्र प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्वायर गरिसकेको छ भने रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता भई प्रकृयामा रहेको छ । सात अर्ब १५ करोड चुक्ता पूँजी रहेको बैंकले पुस मसान्तसम्ममा ९१ करोड ७७ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी  २५ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।