जिल्लामा शाखा खोल्न दुई दर्जन सेयर दलाल कम्पनीको पूर्वाधार तयार

Mar 09, 2017 merolagani

झण्डै दुई दर्जन सेयर दलाल व्यवसायीहरु जिल्लामा शाखा विस्तारको पूर्वाधार तयार पारेर सेयर कारोबार संञ्चालन गर्ने अवस्थामा पुगेका छन् । नेपाल स्टक एक्सचेन्ज -नेप्सेले दलालहरुसँग ब्रोकर शाखा अर्थात रिमोट वर्क स्टेशन सेवा सञ्चालन गर्न अहिलेसम्म भएको प्रगतिको विवरण माग गरेपछि उनीहरुले पूर्वाधार निमार्णको काम अन्तिम चरणमा पुगेको बताएका हुन् ।

नेप्सेले ४१ सेयर दलाललाई देशका बिभिन्न १७ शहरमा कार्यालय स्थापना गरी सेयर कारोबार गर्न पठाउने निर्णय गरेको थियो ।

नेप्सेले रिमोट वर्क स्टेशन सञ्चालन गर्न पुँजी, आवश्यक पूर्वाधार, जोखिम व्यवस्थापन, जनशक्ति र राफसाफ एवं फछ्र्योट कार्य व्यवस्थापन सम्बन्धी भएका काम र प्रगतिका बारेमा नेपाल धितोपत्र बोर्डलाई जानकारी गराई प्रक्रिया अगाडि बढाउन सेयर दलाललाई निर्देशन दिएको थियो ।

४१ सेयर दलाललाई बाहिरी जिल्लामा पठाउने नेप्सेको निर्णय,यस्तो छ शाखा बिस्तारको मापदण्ड

 

यता सेयर दलाल व्यवसायीहरुले नेप्सेको निर्देशन बमोजिम शाखा खोल्न अनुमति पाएका सबै कम्पनीहरुले पूर्वाधार र जनशक्ति तयार पार्ने क्रममा रहेको जनाएका छन् । ब्रोकर एशोसियसनका अध्यक्ष प्रियराज रेग्मीले ४१ सेयर दलालले शाखा विस्तार गर्ने अनुमति पाएकोमा झण्डै दुई दर्जन कम्पनीले शाखा विस्तारको पूर्वाधार तयार पारिसकेको मेरोलगानीलाई बताए ।

उनले भने-नेप्सेबाट शाखा संञ्चालनका लागि अनुमति पाएका कुनैपनि ब्रोकरले हामी बाहिर जान्नौ भनेका छैनन्, सबैले तयारी गरिरहेका छन।

अहिले बिराटनगर, धरान, नारायणगढ, पोखरा, नेपालगंज र धनगढीमा मात्र सेयर दलालको कार्यालय छ । त्यस बाहेकका क्षेत्रका लगानीकर्ताहरुले सेयर कारोबारमा प्रत्यक्ष रुपमा संलग्न हुन नपाई पीडित बनिरहनु परेको छ ।

दलाल व्यवासायीको शाखा विस्तारले राजधानी बाहिर रहेका लाखौ लगानीकर्तालाई दैनिक कारोबार गर्न सहज हुने र यसले सेयरबजारको विस्तार र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

हेर्नुस कुन सेयर दलाल कहाँ जादैछन ? 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।