आस्बाबाट सेयर आवेदन गर्न यसरी हुँदैछ झनै सजिलो, २०६० स्थानमा पाइन्छ सेवा

Mar 09, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई आस्बा प्रणालीबाट सेयर आवेदन संकलन गर्ने कामको अधिकार दिए पछि लगानीकर्ताहरुलाई सेयर आवेदन गर्न अब झनै सजिलो हुने भएको छ । आस्बा प्रणालीबाट सेयर आवेदनको काम गर्न गराउन बैंक तथा वित्तीय संस्थाहरु पनि उत्साहित बनेका छन् । यस क्रममा धितोपत्र बोर्डले ४७ बैंक तथा वित्तीय संस्थालाई आस्बाबाट सेयर आवेदन गर्न स्वीकृति दिएको छ ।

३४ बैंक तथा वित्तीय संस्थाले आस्बाको अनुमति पाए पछि थप सात संस्थालाई अनुमति दिएको बोर्डले फाइनान्स कम्पनीलाई आस्बा अनुमति दिन थालेको हो । यस क्रममा बोर्डले अहिलेसम्म ४७ बैंक तथा वित्तीय संस्थालाई आस्बा अनुमति दिएको हो । बोर्डका अनुसार ४७ बैंक तथा वित्तीय संस्थाका ७३ जिल्लामा रहेका दुई हजार ६० शाखाहरुबाट लगानीकर्ताले कुनै पनि किसिमको निष्काशित सेयरका लागि आवेदन गर्न सक्ने छन् । हकप्रद भने यी बैंकबाट आवेदन नगरी तोकिएको केन्द्रबाट नै आवेदन गर्नु पर्ने हुन्छ ।

नियमित रुपमा अरु बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आस्बा अनुमति दिंदै जाने लक्ष्य बोर्डले लिएको छ । मोबाइल एपमा यो सूची हेर्न नसक्नु भएको भए यहाँबाट हेर्नुहोस् ।


comments powered by Disqus