लिलाममा समेत बिक्न छाड्यो हकप्रद संस्थापक सेयर, सेती फाईनान्सलाई सकस

Mar 09, 2017 merolagani

सेयर बजारका कतिपय लगानीकर्ता हकप्रद सेयर भनेपछि मरिहत्ते गरेर भाऊ बढाबढमा दोस्रो बजारबाट सेयर किन्छन्, अब त्यस्तालाई भने सकस पर्ने संभावना बढेर गएको छ । सेती फाईनान्स(SETI)ले हकप्रद जारी गर्दा नबिकेको संस्थापक सेयर अघिल्लो साता लिलाममा निकाल्दासमेत किन्ने अति न्यन भएपछि एक लाख ८० हजार कित्ता फेरि लिलाममा निकालेको छ । 

 

फाईनाइन्सले यसअघि फागुन ११ देखि १९ गतेसम्म खुला गरेको लिलामीमा जम्मा तीन हजार दुई सय कित्ता संस्थापक सेयरमात्र बिकेको थियो । सो समयमा एक लाख ८३ हजार दुई सय ३५.८६ कित्ता संस्थापक सेयरमा बोलकबोल खुला गरेकोमा एक लाख ८० हजार ३५ कित्ता संस्थापक सेयर बिक्री हुन सकेन । फाईनाइन्सको संस्थापक सेयरमा जम्मा तीन जनाले बढिमा १०१ रुपैँयामा आवेदन गरेका थिए । 

फागुन २२ गते खोलिएको बोलपत्रमा साधारण सेयर भने ६६ हजार छ सय ८२.१४ कित्ता सबैं बिक्री भएको थियो । साधारण सेयरमा २७४ जनाले अधिकतम १८१ रुपैँयासम्मको आवेदन गरेका थिए । १२७ रुपैँया बोलकबोल गर्ने आवेदकले फाईनाइन्सको साधारण सेयर प्राप्त गरेका थिए ।

अहिले खुला गरेको संस्थापक सेयर लिलामीमा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल र सेती फाईनाईनान्सको कार्यालय टिकापुर कैलालीबाट चैत १३ देखि १७ गतेसम्म आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ । बोलपत्र चैत २० गते क्यापिटलको कार्यालय लाजिम्पाटमा ४ बजे खुला हुनेछ ।

सेती फाईनाईन्सले कात्तिक नौ गतेसम्म कायम रहेका सेयरधनीलाई मंसिर १ गतेदेखि पुस ५ गतेसम्म एक बराबर एक दशमलव पाँच अनुपातमा नौं लाख ५१ हजार सात सय ८६ कित्ता हकप्रद निष्काशन गरेको थियो ।

१५० प्रतिशत हकप्रद जारी गर्ने सूचनामा उचालिएर केही लगानीकर्ताले सेतीको साधारण सेयर पाँच सय ९४ रुपैयाँ प्रतिकित्तासम्ममा किनेका थिए । उसको संस्थापक सेयर एक सय रुपैयाँ प्रतिकित्तामा पनि किन्नेहरु नभएपछि बारम्बार सूचना निकाल्नु परेको छ ।

बैंक तथा बित्तीय संस्थाको संस्थापक सेयर धारण गर्नेले त्यसका लागि योग्य रहेको प्रमाािण्त गर्नुपर्ने, त्यो धरण गरेपछि दोस्रो बजारमा बिक्री र धितो राखेर कर्जा लिन सहजै नपाईने, सेयर मूल्य कम हुने लगायतका कारणले सर्बसाधारणको आकर्षण कम हुने गरेको छ ।

सेयर बजारमा सेतीको साधारण सेयर नै १६४ रुपैयाँ मूल्यमा पाईने अबस्थामा संस्थापक सेयरलाई १०० रुपैयाँ हाल्नेहरु भेटिन नसक्नु स्वभाविक देखिन्छ । 

एकातिर अरु कम्पनीको हकप्रद सेयर जारी हुने र नबिकेको सेयर लिलाममा आउने क्रम तीब्र हुनु, अर्कोतिर सेयर बजार नै तल झरेर सेयरको मूल्य सस्तिनुले कमजोर र साना कम्पनीहरुको सेयर लिलाममा आउँदा बिक्न गाह्रो हुँदै गएको छ । यस्ता कम्पनीले अब हकप्रदबाटै पूँजी पुर्याउँने निरर्थक प्रयास छाडी बलियो कम्पनी खोजेर मर्ज वा एक्विशिजनमा गए उत्तम हुने देखिन्छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।