होसियार, स्टान्डर्ड चार्टर्डको एफपीओमा आवेदन गरेर धान्न नसकिने घाटा खानुहोला (तथ्य र आँकलनसहित)

Mar 13, 2017 Merolagani

तिलक कोइराला
स्टान्डर्ड चार्टर्ड बैंक(SCB)ले चैत्र १ गतेदेखि २५ लाख ५८ हजार १४० कित्ता थप नयाँ साधारण सेयर( एफपीओ) सर्बसाधारणमा बिक्री सुरु गर्दैछ । स्टान्डर्ड चार्टर्डको यस आर्थिक बर्षको अन्त्यपछि चुक्ता पूँजी आठ अर्ब चार करोड पुगेर  प्रति सेयर आम्दानी २० रुपैयाँ हाराहारी हुने भएकाले एफपीओमा आवेदन गर्दा नाफा होला कि घाटा ? भन्ने प्रश्न पनि पेचिलो छ । 

पहिले यो तुलनात्मक अध्ययन हेर्नुहोस्

बिगत तीन बर्षको स्टान्डर्ड चार्टर्डको अबस्था अध्ययन गर्दा निक्षेप संकलन घटेको, कर्जा परिचालन सामान्य रुपमा बढेको, चुक्ता पूँजी सामान्य रुपमा बढाएको, जगेडा कोष बढेको र खुद नाफा घटेको देखाएको छ ।

अब दोस्रो तुलनात्मक चित्र अध्ययन गर्नुहोस् ।

यसले प्रति सेयर आम्दानी घट्दै गएको, बिगतमा बोनस सेयर भन्दा नगद लाभांश बढी दिने प्रबृत्ति रहेको, सेयर मूल्य भने बढ्दै आएको, मूल्य आम्दानी अनुपात धेरै गुणा भएर खतरापूर्ण अबस्थातिर गएको, नेटवर्थ सामान्य अबस्थामा रहेको, ईक्विटीमा प्रतिफलको अबस्था घटेको देखिएको छ ।

सेयर मूल्य कति महंगो ?

अहिले स्टान्डर्ड चार्टर्डको सेयरको बजारमूल्य २००० रुपैयाँ हाराहारीमा छ । ३९ रुपैयाँ ४८ पैसा प्रति सेयर आम्दानीको आधारमा हिसाब गर्दा मूल्य आम्दानी अनुपात ५० गुणा भन्दा बढी हुन्छ । यो भनेको उसको सेयर अधिकमूल्यन भईरहेको अबस्था हो । सामान्यतया १५ गुणा भन्दा बढी मुल्य आम्दानी अनुपात भएको कम्पनीको सेयरमा लगानी गर्नु जोखिमपूर्ण हुन्छ । उसको एफपीओ १२९० को मूल्य आम्दानी अनुपात निकाल्ने हो भने अहिलेको अबस्थामा ३२ गुणा भन्दा बढी महंगो देखिन्छ ।

स्टान्डर्ड चार्टर्डले आफ्नो आब्हान पत्रमा ११९० प्रिमियममा अंकित मूल्य १०० थप गरी १२९० मा एफपीओ जारी गर्न बिभिन्न आधारसहित निर्णय गरिएको उल्लेख गरेको छ । उसले धितोपत्र बोर्डको मापदण्ड र सेयरको १८० दिनको औसत मूल्य ३४१० लाई आधार बनाएको देखिन्छ । स्टान्डर्ड चार्टडैको सेयरमा लगानी सुरक्षित हुन उसको सेयर मूल्य १००० रुपैयाँ भन्दा धेरै तल आउनुपर्छ । त्यसो हुँदा पनि प्रतिसेयर आम्दानी चाँही ३९ रुपैयाँबाट घट्नु हुन्न  । स्टान्डर्ड चार्टर्ड आफैले पूँजीकृत गर्दा भएको आम्दानी हिसाब गर्दा सेयरको मूल्य प्रतिकित्ता ९६० रुपैयाँ हुन आएको  उल्लेख गरेको छ । 

भबिष्यमा प्राप्त हुने नगद प्रबाहको बर्तमान मूल्यलगायतका कुराहरुलाई जोडेर एफपीओको मूल्य उचित रहेको दावी गरेको छ तर  उसको एफपीओ मूल्य  तथ्यहरुले महंगो सावित गर्दछ ।

दोस्रो त्रैमासिक बित्तीय बिबरणको तुलनात्मक अध्ययन पनि हेर्नुहोस्

अब यी तथ्यहरु केलाउनुस

दोस्रो त्रैमासिक बिबरणमा प्रति सेयर नेटवर्थ २२० रुपैयाँ देखाईएको छ । एफपीओ जारी भएपछि त्यो ३०७ पुग्ने र शतप्रतिशत बोनस सेयर जारी भईसकेपछि त्यो घटेर १७५ रुपैयाँमा झर्ने बैंकले आँकलन गरेको छ ।

उसको ईक्विटीमा प्रतिफलको अबस्था घट्दै गएर २०७४ असारमा १७.१८ बाट ११.९५ प्रतिशतमा सिमित हुने एफपीओको आब्हानपत्रमा उल्लेख गरेको छ ।

अहिले प्रति सेयर आम्दानी हाल ३९ रुपैयाँ ४८ पैसा रहेकोमा एफपीओ जारी भएपछि त्यो ३६ रुपैयाँ ७० पैसामा झर्ने र शतप्रतिशत बोेनसपछि २२ रुपैयाँ ५३ पैसामा खुम्चिने कुरा बैंकले स्वीकार गरेको छ । शतप्रतिशत बोनस पनि एफपीओबाट आर्जन हुने प्रिमियम ३०४ करोडमा खुद नाफाबाट १०० करोड तानेर दिने हो ।

स्टान्डर्ड चार्टर्डको एफपीओमा तपाइँले एक कित्ताका लागि १२९० रुपैयाँ हाल्नुभयो भने त्यसको ब्याज र अन्य खर्चहरु जोडेर १७०० रुपैयाँभन्दा माथि पर्ने पक्का छ । शतप्रतिशत बोनस हिसाब गरेर मूल्य आधा घटाउनुभयो भने ८५० रुपैयाँ प्रतिकित्ता त न्युनतम मूल्य हो । शतप्रतिशत बोनस खान आगामी असोज, कात्र्तिकसम्म कुर्नुभयो भने तपाइँको मूल्य अरु धेरै परेको हुनेछ ।

यो तेस्रो चित्र अध्ययन गर्नुहोस्

यो भन्दा बढी प्रगति हुन चमत्कार नै हुनुपर्छ, त्यो संभव छैन । 

अब भन्नुहोस् २० देखि २२ रुपैयाँ प्रतिसेयर आम्दानी भएको बैंकको सेयर मूल्यलाई अहिलेको बजारमा तपाइँले कतिमा किन्न पाईरहनु भएको छ ? बढीमा ४०० रुपैयाँ नै हो । त्यसमा स्टान्डर्ड चार्टर्डको प्रतिष्ठा अर्थात गुडविलको हिसाब एकसय रुपैयाँ जोड्नुभयो भने बढीमा पाँचसय रुपैयाँसम्ममा सेयर पाउँदा पनि कयौं पटक सोच्नुपर्छ किनभने शतप्रतिशत बोनसको आश पुरा भएपछि उसले दिने धेरै नगद लाभांश नै हो । एफपीओ र शतप्रतिशत बोनसपछि उसको साधारण सेयर बजारमा धेरै पाईने हुँदा माग र आपुर्तिको नियमले मूल्य घट्नसक्छ ।

स्टान्डर्ड चार्टर्ड आफैले गरेको बित्तीय प्रक्षेपण 

कम्पनीले २०७४ र २०७५ सालमा बोनस सेयर दिने प्रक्षेपण नगरेकाले त्यस क्रममा नगद लाभांशमै लगानीकर्ताले चित्त बझुाउनुपर्ने हुनसक्छ । स्टान्डर्ड चार्टर्डको बिदेशी लगानीकर्ताले आफुले पूँजी थप्नुको सट्टा हिस्सा कम गर्दै एफपीओको नाममा सर्बसाधारणबाट पैसा उठाएकाले खुुद नाफाबाट नगद लाभांश लैजाने संभावना धेरै छ । बिदेशी साझेदार रहेका बैंकहरुमा प्रायः यस्तै प्रबृत्ति देखिदै आएको छ ।

राम्रो कम्पनी भनेर मात्र हुन्न

स्टान्डर्ड चार्टर्डले निस्क्रिय कर्जा कम रहनु, कर्जा पूजी निक्षेप अनुपात अर्थात सीसीडी रेसियो कायम गर्दै आउनु, संस्थागत सुशासन राम्रो रहनु सबल पक्षहरु हुन् । 

उसले एफपीओ जारी गर्न पाउनु कानुनले निदिष्ट गरेको अधिकार हो र धितोपत्र बोर्डले स्वीकृति दिएको अबस्थामा कसैले रोक्न पनि सक्दैन । उसले जारी गर्ने एफपीओलाई स्वभााविक प्रक्रिया मान्नुपर्छ ।

क्यामेल्स बिधिद्धारा परीक्षण गर्दा बैंकको जोखिम बहन क्षमता उच्च रहेको भन्ने आधारमा उत्कृष्ट भनिए पनि नेपाली परिबेशमा सर्बसाधारण लगानीकर्ताको दृष्टिकोणले हेर्दा यो एफपीओमा लगानी गरेर धेरै प्रतिफल पाउनु भन्दा घाटा लाग्ने निश्चित छ । कम्पनी राम्रो छ, तर सेयर मूल्य महंगो भएकाले साधारण लगानीकर्ताका लागि धेरै खतरा छ । सामुहिक लगानी कोषहरुले यही खतरा देखेर नै यस बैंकको सेयर धेरै संख्यामा किनेका छैनन् भनेर बुझ्नुपर्छ । 

एउटा उदाहरण हेरौं - २०६५ सालमा एक लगानीकर्ताले सेयर दलाल नम्बर ४ बाट स्टान्डर्ड चार्टर्ड राम्रो कम्पनी हो भन्दै प्रतिकित्ता ६५०० रुपैयाँमा सेयर किने । त्यसपछि सेयर बजार घट्दै गएर सो बैंकको सेयर मूल्यमा बोनसर नगद लाभांश समायोजन गरी हेर्दा २०७२ सालमा मात्रै नाफा भएपछि आफ्नो सेयर बेचेर बाहिरिन सके । त्यसभन्दा अघि प्रतिकित्ता ८००० रुपैयाँ वा सो हाराहारीमा स्टान्डर्ड चार्टर्डको सेयर किन्नेको के हालत भयो होला ? राम्रो कम्पनी हो भन्दैमा महंगोमा सेयर किन्नु घातक हुनसक्छ भन्ने यो एउटा उदाहरण हो ।


बिगतमा नगदमै जोड दिँदा यो हालत

साधारण लगानीकर्तालाई बोनस सेयर धेरै दिने कम्पनी फाईदाजनक हुन्छन् । राम्रा कम्पनीमा एकसय प्रतिशत नगद लाभांश दिने भन्दा २० प्रतिशत बोनस सेयरको नै धेरै मूल्य हुनसक्छ ।

स्टान्डर्ड चार्टर्ड र एभरेष्टका संस्थापकहरुले नगद लाभांश बढी खाने निर्णय गर्दै आएका छन् । स्टान्डर्ड चार्टर्डले आर्थिक बर्ष २०७२ । ०७३ मा ३३.३३ प्रतिशत बोनस दिनुमा राष्ट्र बैंकको पूँजी बृद्धि योजनाले बाध्य भएर हो, नत्र उसले अघिल्ला आर्थिक बर्षहरुमा जस्तै नगद लाभांश नै बढी र बोनस सेयर कम दिने सोच बनाएको थियो ।

उसले २०६७ । ०६८ मा ५० प्रतिशत नगद लाभांश दिएको थियो भने त्यसपछि तीनबर्षसम्म ४० प्रतिशत भन्दा माथि नगद लाभांश र  १० देखि १५ प्रतिशत मात्र बोनस सेयर दिएको थियो । अरु बैंक तथा बित्तीय संस्थाले बोनस सेयरमै जोड गरेर पूँजी बृद्धि गर्दा स्टान्डर्डका संस्थापकहरुले नगद नै खाईरहे । बोनस कि नगद भन्ने सवालमा यस्ता बैदेशिक लगानी भएका कम्पनीहरुमा संस्थापक र सर्बसाधारण सेयरधनी बीचमा सधैं बिबाद देखिन्छ ।

सर्बसाधारण लगानीकर्ताका लागि बिशेष कुरा

जो धनी छन् र ब्राण्डमा बिस्वास गर्छन । ब्राण्डका लागि जत्ति पनि खर्चन तयार हुन्छन् उनीहरुका लागि स्टान्डर्ड चार्टर्डको एफपीओमा आबेदन गर्नु शानको कुरा होला तर सर्बसाधारण लगानीकर्ता जो थोरै पैसामा सेयर बजारमा प्रबेश गरी लगानी गर्न चाहन्छन् उनीहरुका लागि स्टान्डर्ड चार्टर्डको एफपीओ खतरा नै हो । यस्ता महंगा सेयरमा लगानी गर्नुअघि लगानीकर्ताहरुले गहन अध्ययन र आफ्नो जोखिम बहन क्षमता हेर्नु अति आबश्यक छ ।

उसो भए अब के गर्नु ?

पाँच, सात प्रतिशत बोनस र १० । १५ रुपैयाँ नगद लाभांश खान मात्र यस्तो मरिहत्ते किन गर्नु ? अहिलेको एफपीओको मूल्य र दोस्रो बजारमा भईरहेको कारोबारको मूल्य धेरै महंगो भएकाले स्टान्डर्ड चार्टर्डको सेयरमा आबेदन गर्नु घाटा खानु मात्र हो । सुरक्षित लगानीका लागि अरु धेरै कम्पनी छन् ।

नगद लाभांश धेरै खाने भए नेपाल टेलिकमको सेयर किनेहुन्छ । बोनस र नगद दुबै आकर्षक रुपमा हात पार्न बलियो कम्पनी खोज्ने हो भने नेपाल ईन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, कृषि बिकास बैंक जस्ता जगेडा कोषमा बाड्न मिल्ने धेरै पैसा रहेका सस्तो कम्पनी छानेहुन्छ ।

सेयर मूल्य घटेर साधारण सेयर आबेदन अर्थात आईपीओकै लागतमा आईपुगेका, मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल रहेका अरु धेरै कम्पनी पनि छन् । बिमा कम्पनीहरुको सेयर मूल्य पनि अब लगभग जोखिममुक्त ठाउँमा आईपुगेका छन् ।

हकप्रदमा नबिकेर लिलाममा आएका सेयर हात पार्न बजार मूल्यमा ४० प्रतिशत घटाएर बोलपत्र हाल्दा पनि हुन्छ । सस्तो र राम्रो सेयरमा सुरक्षित लगानीका बिबिध विकल्पहरु छन् किन घाटै हुने स्टान्डर्ड चार्टर्डको एफपीओमा मरिहत्ते गर्नु ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।