मुक्तिनाथ र सनराइज बैंकका लगानीकर्ताले अझै किन पाएनन् डिम्याट खातामा सेयर ?

Mar 13, 2017 Merolagani

- परमेश्वर अधिकारी
गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल बितरण गरेका मुक्तिनाथ विकास बैंक र सनराइज बैंकका लगानीकर्ताले डिम्याट खातामा बोनस सेयर पाउन सकेका छैनन् । मुक्तिनाथले केही समय अघि निष्काशन गरेको ५० प्रतिशत हकप्रद समेत अझै लगानीकर्ताको डिम्याट खातामा पठाएको छैन ।

दुवै संस्थाका लगानीकर्ताले पूँजीगत लाभकर तिरे पछि मात्र बोनस सेयर डिम्याट खातामा पाउने भएका छन् ।

सनराइज बैंकका तीन हजार सात सय जनाले मात्र पूँजीगत लाभकर तिरेर बोनस सेयर पाउने बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनसीएम मर्चेण्ट बैंीकंगले जनाएको छ । गत असार २८ गते सेयर किनेर ३० गतेसम्ममा राफसाफ गराएका तीन हजार सात सय लगानीकर्ताले बैंकको कमलपोखरी शाखाको खाता नम्बर ०६९ ०३७ १११ ४७० १००१ ९एनसीएम सनराइज बोनस ट्याक्स ७२।७३० मा लाभ कर तिरेर सोको सक्कल भौचर पेस गरे पछि मात्र बोनस सेयर डिम्याट खातामा पाउने प्रष्ट पारेको छ ।

सनराइजले नारायणी नेशनल फाइनान्सलाई खरिद गरे पछि आयकर ऐनको व्यवस्था अनुसार बितरित बोनसमा आफुले लाभकर नतिरेको हो । आयकर ऐन २०४८ अनुसार मर्ज वा एक्यावर भएका संस्थाका सेयरधनीले लाभांशमा दुई वर्षसम्म लाभकर तिर्न नपर्ने व्यवस्था छ ।

उता मुक्तिनाथ विकास बैंकले हकप्रद तथा बोनस सुचिकृत भएको तीन साता बित्न लाग्दासम्म लगानीकर्ताको डिम्याट खातामा सेयर पठाएको छैन । बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बिक्री प्रबन्धकले पठाएको कागजात केन्द्रिय निक्षेप प्रणालीबाट स्वीकृत भए पछि केही दिनमा लगानीकर्ताको डिम्याट खातामा हकप्रद सेयर पठाइने बताए ।

केन्द्रिय निक्षेप प्रणाली सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले गत बिहीबार नै मुक्तिनाथको सेयर तथ्यांक स्वीकृत भैसकेको जनाएका छन् । उनका अनुसार सबै तथ्यांक रुजु भैसकेको छ । ‘बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकले हामीले उपलब्ध गराएको तथ्यांक एलोकेट गरे पछि लगानीकर्ताको डिम्याटमा सेयर आउने क्रम सुरु हुन्छ । निरन्तरको विदाले यो प्रकृया प्रभावित भएको हुनु पर्छ ।’ सिडिएससी प्रवक्ता गुप्ताले भने ।

मुक्तिनाथको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले सिडिएससीबाट आएको तथ्यांकका आधारमा आवश्क काम अघि बढाइएको बताए । उनका अनुसार केही दिनमा नै लगानीकर्ताले मुक्तिनाथ विकास बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद डिम्याट खातामा पाउने छन् । लिलामबाट सेयर सकर्नेहरुले पनि सोही समयमा नै डिम्याट खातामा सेयर पाउने छन् ।

३४ प्रतिशत बोनस किन डिम्याट खातामा आउला कि नआउला ?

धादिंङको सिभिक डेभलपमेण्ट बैंकलाई आफुमा विलय गराएको मुक्तिनाथ विकास बैंकले लगानीकर्ताले पूँजीगत लाभकर तिरे पछि मात्र गत आर्थिक वर्षको बोनस सेयर डिम्याट खातामा पठाउने भएको छ । उसले ५० प्रतिशत हकप्रदसँगै ३४ प्रतिशत बोनस समेत सुचिकृत गराईसकेकोमा साविकका सेयरधनी बाहेकका लगानीकर्तालाई कर तिरे पछि मात्र डिम्याटमा बोनस पठाउने भएको हो ।

माथि उल्लेखित सनराइज बैंकको सेयरमा भएको व्यवस्था जस्तै गरी मुक्तिनाथ विकास बैंकले पनि कर छुटको सदुपयोग गर्दै लगानीकर्ताले कर तिरे पछि मात्र बोनस सेयर पाउने बताएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालका अनुसार लगानीकर्ताले पूँजीगत लाभकर तिरे पछि मात्र बोनस सेयर डिम्याट खातामा पठाइने छ । यसका लागि अघिल्लो असार मसान्त पछि सेयर खरिद गरेका सबै लगानीकर्ताले कमलादीस्थित बैंकको मुख्य कार्यालयमा सम्पर्क राख्नु पर्ने हुन्छ । बैंकमा आफुसँग भएको सेयर अनुसार कर तिरे पछि डिम्याट खातामा बोनस सेयर जम्मा हुनेछ ।

आयकर ऐन २०४८ अनुसार मर्ज वा एक्यावर भएका संस्थाका सेयरधनीले लाभांशमा दुई वर्षसम्म लाभकर तिर्न नपर्ने व्यवस्था अनुसार बैंकले यस्तो व्यवस्था गरेको हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।