सानिमा बैंकले पनि पायो हकप्रद निष्काशनको स्वीकृति

Mar 14, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन गर्नका लागि सानिमा बैंक (SANIMA) लाई अनुमति दिएको छ । बोर्डले सानिमालाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति दिएको हो ।

तीन महिना पहिले सानिमाले हकप्रद निष्काशनका लागि सिबिआईएल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको थियो । त्यस पछि धितोपत्र बोर्ड पुगेको बैंकले एक करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता सेयर निष्काशन गर्न स्वीकृति पाएको हो ।

सानिमा बैंकले प्रति १० कित्ता बराबर तीन कित्ताका दरले एक अर्ब ५९ करोड १७ लाख ६१ हजार सात सय रुपैंयाको हकप्रद निष्काशनको स्वीकृति पाएको हो । अब बैंक सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन तथा बुकक्लोजको मिति निर्धारण गर्नेछ ।

गत आर्थिक बर्षको मुनाफाबाट बैंकले १५ प्रतिशत बोनस शेयर वितरण तथा ५० प्रतिशत हकप्रद बिक्री गरेर चुक्तापूँजी ५ अर्ब २७ करोड रुपैयाँ पुर्याएको थियो । अब ३० प्रतिशत हकप्रद बिक्री गरेपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ८६ करोड रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन आगामी असार मसान्तसम्ममा बैंकले थप एक अर्ब १४ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।