यति र महालक्ष्मी विकास बैंक एकआपसमा गाभिने, स्वाप कति ?

Mar 14, 2017 Merolagani

यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक एक आपसमा मर्जमा जाने भएका छन् । मंगलबार नै दुई बैंकका बीचमा मर्जर सम्झौता हुने बताइएको छ । मर्जर पछि बन्ने नयाँ बैंकको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेको पूँजी भन्दा माथि हुने भएको छ । मर्जर पछि बन्ने बैंकको नाम महालक्ष्मी विकास बैंक रहने बताइएको छ ।

दुुई बैंकले एक बराबर एकको अनुपातमा सेयर आदान प्रदान गर्ने सहमति सहित मंगलबार बेलुका मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर गर्न लागेका हुन् । मर्जर पछि बन्ने महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड रुपैंया हाराहारीमा पुग्ने बताइएको छ । नेपाल राष्ट्र बैंकले विकास बैंकहरुलाई आगामी असार मसान्तसम्ममा अढाई अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो ।

केही समय अघि मात्र महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स एक आपसमा मर्ज भई महालक्ष्मी विकास बैंकको जन्म भएको थियो । पूँजी वृद्धिको अवधि सकिनै लाग्दा महालक्ष्मीले तीन वर्ष पहिले मनकामना विकास बैंक, यति फाइनान्स र भ्याली फाइनान्स मर्ज भएर बनेको यति डेभलपमेण्ट बैंकको साथ लिएको हो ।

मर्जर पछि बन्ने बैंकको शाखा सञ्जाल ६१ हुने बताइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।