स्टान्डर्ड चार्टर्डको एफपीओमा झण्डै १३ अर्बको आवेदन

Mar 17, 2017 merolagani

स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओमा बिहीबारसम्म १२ अर्ब ७७ करोड रूपैयाँ बराबरको आवेदन परेको छ । बैंकले मंगलबारदेखि प्रिमियमसहित १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर निष्काशन गरेको हो ।



बैंकले निष्कासन गरेको थप नयाँ सेयर एपीओमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन हो । शुक्रबार बैकिंग समयभित्रसम्म मात्र आवेदन गर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । अन्तिम दिन सोही बराबरको आवेदन पर्न सक्ने अनुमान गरिएको छ ।

बैंकको एफपीओमा लगानीकर्ताले १० कित्तादेखि २५ हजार ५८० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । एफपीओमा बिक्री प्रवन्धक एनएमबि क्यापिटलका साथै एनएमबी बैंकका शाखा कार्यालयहरु तथा धेरै मर्चेन्ट बैंकरहरु मार्फत समेत आवेदन गर्ने व्यवस्था गरिएको छ ।

साथै आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाका दुई हजारबढी शाखा मार्फत पनि एफपीओमा आवेदन गर्न सकिनेछ ।

एनएमबि क्यापीटलका अनुसार चार्टर्डको एफपीओका लागि दुई लाख ७५ हजार फारम वितरण गरिएको छ ।
एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार रुपैयाँ हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।