सात बर्षे अवधिको पाँच अर्बको विकास ऋणपत्र निष्कासन

Mar 21, 2017 merolagani

नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेको छ । बैंकले ७ वर्ष अवधिको “विकास ऋणपत्र २०८०“क” बोलकबोलद्वारा निष्कासन गरेको हो ।
बैक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले बताएको छ ।



प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुने ऋणपत्रको ब्याज बोलकबोलबाट तय गरिनेछ भने साँवा भुक्तानी ०८० चैत ९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ ।

प्रतिस्पर्धी बोलपत्रवालालाई ८० प्रतिशत अर्थात चार अर्ब तथा अप्रतिस्पर्धी बोलपत्रवालालाई २० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलपत्रवालालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

अप्रतिस्पर्धी बोलपत्रवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।