सिटिजन्स् बैंकले २५ प्रतिशत हकप्रदको निष्काशन चैत २४ गतेदेखि, कहाँबाट गर्ने आवेदन ?

Mar 22, 2017 merolagani

सिटिजन्स् बैंकले २५ प्रतिशत हकप्रदको निष्काशन चैत २४ गतेदेखि गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता अर्थात एक अर्ब ३८ करोड बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।

सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले हकप्रद बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्त गरिसकेको छ । हकप्रद सेयरमा सानिमा क्यापिटल लिमिटेड नारायणचौर नक्साल, सिटिजन्स बैंकको सम्पूर्ण शाखाहरु तथा बैंकको सहायक कम्पनी सिबिआईएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजारबाट समेत आवेदन दिन सकिने छ ।

फागुन २५ गतेसम्म बैंकको सेयर किन्ने लगानीकर्ताले २५ प्रतिशत हकप्रद प्राप्त गर्नेछन् । हकप्रद प्रयोजनका लागि बैंकले गत फागुन २६ गते बुक क्लोज गरेको थियो । बैंकको हकप्रदमा २०७४ बैशाख २७ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंकको असोज १६ गते सम्पन्न दशौं बार्षिक साधारणसभाले सेयरधनीलाई १० बराबर २.५ कित्ता हकप्रद बेच्ने प्रस्ताव पारित गरेको थियो । बैंकले फागुन १२ गते धितोपत्र बोर्डबाट २५ प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको हो ।

हाल बैंकको चुक्ता पूँंजी ५ अर्व ५३ करोड ७३ लाख रुपैयाँ रहेकोमा २५ प्रतिशत हकप्रद शेयरको वाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी ६ अर्व ९२ करोड १६ लाख रुपैँया पुग्नेछ । चालु आर्थिक बर्षको मुनाफाबाट एक अर्ब बढीको बोनश वितरण गरेर बैंकले ८ अर्ब पूँजी पुर्याउने लागेको बैंकले गत बर्ष ५५ प्रतिशत हकप्रद बिक्री तथा ७५ करोड बराबरको बोनस सेयर वितरण गरेको थियो ।

चालु आर्थिक बर्षको दास्रो त्रैमाससम्म बैंकले ६३ करोड खुद नाफा गरेर प्रति सेयर आम्दानी २२ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus