बीमा कम्पनीहरुको सेयरमा लगानी गर्नुअघि अबस्था थाहा पाउनुहोस् (तथ्य बिबरणसहित)

Apr 04, 2017 Merolagani

-तिलक कोइराला र परमेश्वर अधिकारी
बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय सार्वजनिक गरेको छ । योसँगै अब बीमा क्षेत्रका कम्पनीहरुको सेयरमा लगानी गर्नेहरुको चासो  राख्ने र सेयर खरिद गर्नखोज्नेहरु ह्वात्तै बढ्ने छन् । तर त्यसो गर्नुअघि बीमा कम्पनीहरुको हाल कायम चुक्ता पूँजी, उनीहरुले पूँजी बृद्धिका लागि प्रस्ताब गरेका बोनस, हकप्रद र थप नयाँ साधारण सेयरको अबस्थाबारे थाहा पाउनु आबश्यक हुन्छ । 


अबस्था थाहा पाउन यी तुलनात्मक तालिका अध्ययन गर्नुहोस्

 २०७३ पुस मसान्तसम्मको चुक्ता पूँजी, त्यसमा थप हुने गरी जारी गरिएका र प्रस्तावित बोनस, हकप्रद, एफपीओपछि कायम हुने चुक्ता पूँजी, पुर्याउँन बाँकी हुने पूँजी अध्ययन गर्नुहोस् र अझ स्पष्ट हुन कैफियतलाई ध्यान दिनुहोस् । यी तथ्यांकहरुलाई आफैले रुजू गरी हेर्नुहोस् ।

 स्रोतःबीमा कम्पनीहरुको २०७३ पुस मसान्तको बित्तीय बिबरण, सूचना र नेप्सेको साईटमा आएका जानकारी

कस्ता कम्पनीको सेयर किन्ने ? 

पूँजी बृद्धिको समाचारसँगै बीमा कम्पनीहरुको सेयरमा लगानी बढाउन चाहनेहरुले उनीहरुको खुद नाफा कमाईलाई पनि हेर्नु उचित हुने देखिन्छ ।

जत्ति धेरै पूँजी पुर्याउनु बाँकी छ, त्यसमा हकप्रदका साथै बोनस पनि धेरै दिनसक्ने कम्पनी छान्नु सुरक्षित हुने उपाय हो । अहिले बोनस र हकप्रद प्रस्ताव गरेका तर बुक क्लोज नभईसकेका र चुक्ता पूँजी पुर्याउन धेरै बाँकी भएका कम्पनीहरुमा लगानी बढाउनु दाभदायक देखिन्छ ।

तालिका अध्ययन गर्दा जसले बिगतका बर्षहरुमा बोनस र हकप्रद मिलाएर जारी गर्दै आएका छन्, त्यस्ता कम्पनीहरुमा बढी ध्यान दिनुपर्ने देखिन्छ । पूँजी पुर्याईसकेका वा थोरै मात्र बाँकी भएकाहरुको सवालमा पूँजी बृद्धि ऐच्छिक बिषय हुने हुँदा उनीहरुले खुद नाफाको धेरै पैसा नगद लाभांशमा र थोरै रकम बोनस सेयर बितरणमा खर्च गर्नसक्छन् । नेपाल लाईफको एफपीओबाट आएको चार अर्ब रकम एकैचोटी बोनस सेयर बाड्न प्रयोग होला भनेर भन्न सकिन्न, खुद नाफाबाट नगद लाभांश खाने क्रम पनि बढ्ने छ भने एभरेष्ट ईन्स्योरेन्स जस्ता कम्पनीले ८०० प्रतिशत चुक्ता पूँजी कसरी बढाउला निकै चासोको बिषय बनेको छ ।

थोरे कम्पनी, थोरै पूँजी, साधारण सेयर झन् थोरै हुँदाको असर

बीमा क्षेत्रका कम्पनी कम, चुक्ता पूँजी थोरै, सेयर बजारमा बिक्रीमा आउने सेयर कम र माग बढी हुँदा मुल्यमा पनि असर परिरहेको अबस्था छ र पूँजी बृद्धिको निर्णय सार्वजनिक  भएपछि अब त्यसमा झन् चाप पर्नेछ ।

जीवन र निर्जिवन बीमा कम्पनीहरु सबैको चुक्ता पूँजी जोड्दा दुईवटा बाणिज्य बैंक बराबरको पनि छैन र त्यसको ७० प्रतिशत हिस्सा संस्थापकहरुको भएकाले सर्बसाधारणमा निकै कम सेयर छ । सर्बसाधारणमा भएको ३० प्रतिशत मध्ये पनि बजारमा बिक्रीमा आउने सेयर कम हुँदा माग र आपुर्तिमा असन्तुलन भई मूल्य उचालिने प्रबृत्ति रहेको छ । 

अबका केही बर्ष बीमाकै बहार

अबका केही बर्षहरु सम्म बीमा कम्पनीहरुको सेयरमा लगानी गर्नेहरुले निरन्तर राम्रो प्रतिफल पाउनसक्छन् । पूँजी नपुर्याई नगद लाभांश खान नपाउने भएकाले संस्थापकहरुलाई भने गाह्रो पर्नसक्छ तर सर्बसाधारण सेयरधनीलाई फाईदा पुग्ने छ । बीमाहरुको पूँजी बृद्धिको सुरुवाती चरणमात्र भएकाले आगामी केही बर्षहरु सेयर बजारलाई बीमा कम्पनीकै सेयरले नै  प्रभावित पारिरहने छ ।

बीमाहरुले अरुको जोखिम ब्यहोर्ने हुँदा आफ्नो जोखिम ब्यहोर्ने क्षमता बढाउँन पनि पूँजी बढाएरै लैजानु परेको हो । आगामी दिनमा एक र दुई अर्बको सिमा हैन, अर्बौ अर्ब पूजी थप्दै जानुपर्छ ।

कारोबार र आम्दानी बढाएर लानुपर्छ

बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउनै पर्ने अबस्था सिर्जना भएपछि उनीहरुले अब कारोबार बिस्तार, संस्थागत सुशासन र खुद नाफा बृद्धिलाई पनि ध्यान दिनु उत्तिकै जरुरी भएको छ । अहिले सानो कारोबार गरिरहेका र घाटामा रहेका बीमा कम्पनीहरुले अब आफुलाई बदल्नैपर्ने अबस्था आएको छ ।   

कारोबार र संस्थागत सुशासन बृद्धि नगरीकन अब बीमा कम्पनीहरु टिक्न नसक्ने भएकाले बिगतमा बिग्रिएकाहरु पनि सुध्रिएर आउन बाध्य छन् । नत्र नयाँ कम्पनीहरु संचालनमा आउँदा प्रतिस्पर्धा गर्न नसकी अर्कोमा बिलय भएर जानुको विकल्प हुन्न ।

बीमाको ब्यापक संभावना 

अहिले देशको लगभग १२ प्रतिशत जनसंख्यामा मात्रै बीमा पुगेकाले ८८ प्रतिशत जनसंख्या बीमा कारोबारबाट बाहिर छ । खासगरी शहरी क्षेत्रमा मात्रै बीमाको पहुँच रहेकाले ग्रामिण क्षेत्रसम्म पुगेर कारोबार ब्यापक पार्दा अहिलेका बीमा कम्पनीहरुको जोखिम बहन क्षमता निकै धेरै र कारोबार ब्यापक पार्नुपर्ने हुन्छ । त्यसैले बीमा कम्पनीहरुका अगाडि ब्यापक संभावनाहरु छन् । बाणिज्य बैंकहरुले बीमा कम्पनीहरुसँग सहकार्य गर्दै बैकिड. कारोबार र कर्जा प्रबाह गर्दा बीमालाई पनि जोड्न थालेकाले बिस्तार तीब्र हुँदै गएको छ । अहिले अग्नि बीमा, गाडी, घर, परियोजना र केही मात्रामा स्वास्थ्य बीमा मात्रै चालु रहेकाले आगामी दिनमा नयाँ - नयाँ योजनामार्फत बजार बिस्तारको क्रम तीब्र हुने देखिन्छ ।

यी कम्पनीले के गर्लान् ? 

एभरेष्ट ईन्स्योरेन्स, प्रार्इृम लाईफ ईन्स्योरेन्स र युनाईटेड ईन्स्योरेन्स जस्ता बिगतमा संस्थागत सुशासनको गंभीर समस्या रहेका कम्पनीहरुले अब आफुलाई सुधारेर चाँडै साधारण सभा गरी पूँजी बृद्धिको कार्यतालिका सार्बजनिक गर्नैपर्ने भएको छ भने चुक्ता पूँजी निकै कम रहेका सरकारी कम्पनीहरु राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले बीमा समितिको पूँजी बृद्धि योजनालाई नै धक्का लाग्ने गरी गैरजिम्मेवारी देखाईरहलान् किन चाँडै पूँजी बृद्धि योजना पेश गर्लान भन्ने अर्को चासोको बिषय छदैछ । 

समग्रमा भन्दा दीर्घकालीन लगानीको हिसाबले अब बीमा कम्पनीहरुको सेयरमा लगानी बढ्ने र त्यसले नेपालका बीमा कम्पनीहरुको जोखिम बहन क्षमता र कारोबार बृद्धि हुने निश्चित भएको छ । यसको सबैभन्दा धेरै फाईदा आम सर्बसाधारणलाई हुनेछ ।

 


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।