नेपाल बैंकको ५१ प्रतिशत सेयर रणनीतिक साझेदारलाई बेच्न अर्थ मन्त्रालय पुग्यो प्रस्ताव

Apr 02, 2017 merolagani

-तीर्थराज पौडेल

नेपालकै जेठो बैंक नेपाल बैंक(NBL)ले ५१ प्रतिशत सेयर स्वदेशी वा विदेशी रणनीतिक साझेदारलाई बेच्ने भएको छ । बैंकको आईतबार भएको ५७ साधारणसभामा सेयरधनीले विदेशी रणनितिक साझेदार भित्र्याउने विषयको प्रगतिको बारेमा जिज्ञाशा राखेपछि ब्यवस्थापनले ५१ प्रतिशत सेयर रणनीतिक साझेदारलाई बेच्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेश भएको जानकारी दिएको होे ।

साधारणसभामा बोल्ने सेयरधनीले उठाएको प्रश्नबारे मेरोलगानीसँग कुरा गर्दै बैंक सञ्चालक समिति अध्यक्ष जनार्दन शर्मा आचार्यले ५१ प्रतिशत सेयर सरकारले बेचेर रणनीतिक साझेदार भित्र्याउन प्रस्ताव गरिएको बताए । बैंक सञ्चालक समितिले यसबारे प्रस्ताव गरेको र अर्थ मन्त्रालयले निर्णय गर्न बाँकी रहेको उनको भनाई छ ।

सरकारले बिनिबेश प्रक्रियाबाट २०७४ असार भित्रमा नेपाल बैंकबाट बाहिरिने स्पष्ट पारिसकेको छ । केही समय अघि अर्थमन्त्री कृष्णबहादुर महराले अर्थ मन्त्रालयमा यसम्बन्धी घोषणा गर्दै २०७४ असार मसान्तसम्म नेपाल बैंकमा रहेको सेयर बिक्री गरिसक्ने घोषणा गरेका थिए ।

नेपाल बैंकमा ६२ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेको छ । नेपाल बैंकमा लगानी गर्न भारत, चीन र देशभित्रैका ब्यापारिक तथा ब्यवसायिक घरानाहरुले चासो दिएको बुझिएको छ । साधारणसभाले २०७५ साल असार मसान्तमा देशको प्रमुख बाणिज्य बैंकमा स्थापित भई सेयरधनीलाई १५ प्रतिशतको हाराहारीमा लाभांश दिने प्रतिबद्धता ब्यक्त गरेको छ ।

केही बर्ष अघि खराब कर्जाको भारीले बिघटनको डिलमा पुगेर फर्किएको नेपाल बैंक हालैका दिनहरुमा चमत्कारिक प्रगति गर्दै आएको छ । उसले चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा एक अर्ब ८९ करोड भन्दा बढी खुद नाफा गरेको छ भने निस्क्रिय कर्जा न्युन गर्दै पूँजी कोष बढाउँदै लगेको छ ।

साधारणसभामा सेयरधनी अमृतनाथ रेग्मीले बैंकलाई त्रिशुली मात्र नभई नारायणी बन्न सुझाए । बैंकको खर्च बढि रहेको, कार्यक्षमता निजी बैंकसँग प्रतिस्पर्धामा अगाडि बढुनपर्ने अवस्था रहेकोले पूँजी वृद्धिसँगै आधुनिक अबधारणा र दृष्किोण सहित अगाडि बढ्न सुझाव दिए ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।